News Category 2080/05/29
मालपोतमा भइरहेको व्यथितीप्रति दोषि को ! लेखनदास र कर्मचारीद्वारा एकअर्कामा दोषारोपन
काम गर्न निकै कठिनाई भइरहेको छ ः लेखापढी एशोसिएशन
रकम नलिई लेखनदास र कर्मचारीले कुनै फायल अगाडी बढाउँदैन ः सेवाग्राही
लेखापढीका कारण सेवाग्राहीले दुःख पाइरहेका छन् ः कार्यालय प्रमुख
दैनिक समाचारदाता
राजविराज, २९ भदौ ।
भूमिसुधार तथा मालपोत कार्यालय राजविराजमा सेवाग्राहीलाई काम गराउन निकै कठिनाई भइरहेको भन्दै नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएशन मालपोत इकाई समिति राजविराजले शुक्रबार बिरोध गरेको छ ।
लेखापढी एशोसिएशनका अध्यक्ष श्रीलाल यादवले मालपोतका कर्मचारीहरुले घुस बिना आफूहरुले पेश गर्ने कुनै फायलमा अघि बढाउन नमानेको आरोप लगाएका छन् ।
बिना रकम आफूहरुको एउटा पनि फायल अगाडी नबढ्ने तर, बाहिरी व्यक्तिहरुको काम कुनै बाधा अड्चन बिना नै काम हुने गरेको उनको आरोप छ ।
यस्तै लेखापढी एशोसिएशनका सचिव बद्रिनारायण यादवले एउटा फायल वापत ५ सय देखी १० हजारसम्म कर्मचारीहरुले लिने गरेको आरोप लगाए । उनले सो कार्यमा कार्यालय सहयोगीदेखी गार्डसम्मलाई प्रयोग गरिने गरेको आरोप पनि लगाए ।
कार्यलय प्रमुख आफ्नो कार्यकक्षमा नबसि अर्कै कोठामा गोप्य रुपले कामकाज गर्ने गरेको भन्दै सोही कोठामा अन्य व्यक्तिहरुले दिएको फायल मात्र हेर्ने गरेको उनको आरोप छ । सोही बिरोध कार्यक्रममा एक सेवाग्राहीले आफूहरुलाई लेखनदासहरुले पनि निकै दुःख दिने गरेको बताए । लेखनदासहरु पनि रकम नलिई फायल अगाडी बढाउन नमानेको र फायल अगाडी बढेपनि कर्मचारीहरुले पनि कुनै न कुनै बहानामा फायल अपुग भएको भन्दै ठार्ने गरेको गुनासो पोखे ।
अर्का एक सेवाग्राही सुरेश प्रसाद यादवले पैसा नदिएमा कार्यालय भित्र समेत जान नदिने तर पैसा दिए कसैले रोकटोक नगर्ने बताए । उनले फायल फायल हेरीहेरी ५ सय देखी एक हजारसम्म लिने गरेको दुखेसो पोखे ।
यसैबीच मालपोतका प्रमुख शिवशरण पण्डितले लेखापढीहरुकै कारण कार्यालयमा रकमको चलखेल बढेको दाबी गर्दै उनीहरुकै कारण सेवाग्राही समेतले दुःख पाइरहेको आरोप लगाए । उनले नेपाल सरकारले लेखापढी ब्यवसायीहरुलाई मालापोत कार्यालय भित्र प्रवेश नगराउन परिपत्र पठाएपनि राजविराज त्यस अनुसार नभएको बताउँदै प्रमुख पण्डितले आफू हालसालै कार्यालय प्रमुख भएर आएकोमा सरकारद्वारा जारि परिपत्रलाई कार्यान्वयन गराउनेतर्फ लागिपरेको जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ