News Category 2080/05/29
मालपोतमा भइरहेको व्यथितीप्रति दोषि को ! लेखनदास र कर्मचारीद्वारा एकअर्कामा दोषारोपन

काम गर्न निकै कठिनाई भइरहेको छ ः लेखापढी एशोसिएशन
रकम नलिई लेखनदास र कर्मचारीले कुनै फायल अगाडी बढाउँदैन ः सेवाग्राही
लेखापढीका कारण सेवाग्राहीले दुःख पाइरहेका छन् ः कार्यालय प्रमुख
दैनिक समाचारदाता
राजविराज, २९ भदौ ।
भूमिसुधार तथा मालपोत कार्यालय राजविराजमा सेवाग्राहीलाई काम गराउन निकै कठिनाई भइरहेको भन्दै नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएशन मालपोत इकाई समिति राजविराजले शुक्रबार बिरोध गरेको छ ।
लेखापढी एशोसिएशनका अध्यक्ष श्रीलाल यादवले मालपोतका कर्मचारीहरुले घुस बिना आफूहरुले पेश गर्ने कुनै फायलमा अघि बढाउन नमानेको आरोप लगाएका छन् ।
बिना रकम आफूहरुको एउटा पनि फायल अगाडी नबढ्ने तर, बाहिरी व्यक्तिहरुको काम कुनै बाधा अड्चन बिना नै काम हुने गरेको उनको आरोप छ ।
यस्तै लेखापढी एशोसिएशनका सचिव बद्रिनारायण यादवले एउटा फायल वापत ५ सय देखी १० हजारसम्म कर्मचारीहरुले लिने गरेको आरोप लगाए । उनले सो कार्यमा कार्यालय सहयोगीदेखी गार्डसम्मलाई प्रयोग गरिने गरेको आरोप पनि लगाए ।
कार्यलय प्रमुख आफ्नो कार्यकक्षमा नबसि अर्कै कोठामा गोप्य रुपले कामकाज गर्ने गरेको भन्दै सोही कोठामा अन्य व्यक्तिहरुले दिएको फायल मात्र हेर्ने गरेको उनको आरोप छ । सोही बिरोध कार्यक्रममा एक सेवाग्राहीले आफूहरुलाई लेखनदासहरुले पनि निकै दुःख दिने गरेको बताए । लेखनदासहरु पनि रकम नलिई फायल अगाडी बढाउन नमानेको र फायल अगाडी बढेपनि कर्मचारीहरुले पनि कुनै न कुनै बहानामा फायल अपुग भएको भन्दै ठार्ने गरेको गुनासो पोखे ।
अर्का एक सेवाग्राही सुरेश प्रसाद यादवले पैसा नदिएमा कार्यालय भित्र समेत जान नदिने तर पैसा दिए कसैले रोकटोक नगर्ने बताए । उनले फायल फायल हेरीहेरी ५ सय देखी एक हजारसम्म लिने गरेको दुखेसो पोखे ।
यसैबीच मालपोतका प्रमुख शिवशरण पण्डितले लेखापढीहरुकै कारण कार्यालयमा रकमको चलखेल बढेको दाबी गर्दै उनीहरुकै कारण सेवाग्राही समेतले दुःख पाइरहेको आरोप लगाए । उनले नेपाल सरकारले लेखापढी ब्यवसायीहरुलाई मालापोत कार्यालय भित्र प्रवेश नगराउन परिपत्र पठाएपनि राजविराज त्यस अनुसार नभएको बताउँदै प्रमुख पण्डितले आफू हालसालै कार्यालय प्रमुख भएर आएकोमा सरकारद्वारा जारि परिपत्रलाई कार्यान्वयन गराउनेतर्फ लागिपरेको जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ