News Category 2080/05/30
बयोबृद्ध महिलालाई कुटपिट गर्दै गहना लुटिए
दैनिक समाचारदाता
राजविराज, ३० भदौ ।
सप्तरीको बलानविहुल गाउँपालिकामा एक बयोबृद्ध एकल महिलालाई घरमा पसेर कुटपिट गर्दै अज्ञात व्यक्तिले उनले कानमा लगाएकी गहना लुटेर लगेका छन् ।
वडा नं ४ स्थित जनता आधारभुत बिधालय बेल्ही नजिकै घर रहेको ८२ वर्षिया पबित्री देबी यादबलाई शुक्रबार घरमै पसेर अज्ञात व्यक्तिले कुटपिट गरि कानमा लगाएको गहना लुटेर लगेको प्रहरीले जनाएको छ ।
स्थानीयले शुक्रबार दिउँसो २ बजेतिर अज्ञात व्यक्ति घरायसी हतियार लिएर उनलाई निर्घात कुटपिट गरिनुका साथै टाउको, आँखासमेत फुटाएर फरार भएको बताएका छन् ।
घटनाको करिब आधा घण्टापछि छिमेकी एक महिला उनको घर पुग्दा टाउकोबाट रगत बगिरहेको देखेपछि नजिकै बिधालयमा बसेकाहरु व्यक्तिहरुलाई खबर गरेकी थिइन् ।
स्थानयिले नजिकको प्रहरी चौकीलाई जानकारी गराएपछि प्रहरी चौकी ईन्चार्जले घटनास्थल पुगी उक्त अचेत वृद्ध महिलालाई उपचारका अस्पताल पु¥याएका थिए ।
सो घटना बारे ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएका प्रहरी निरिक्षक सुरेन्द्र यादबको टोलीले छानबिन गरिरहेको जनाउँदै अपराधीलाई चाडै पक्राउ गरिने जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ