News Category 2080/05/30
चामलसँगै बोरा भित्र ठूलो परिमाणमा लागु औषध बरामद, दुई पक्राउ
दैनिक समाचारदाता
राजविराज, ३० भदौ ।
भारतबाट लुकाई छिपाई नेपालतर्फ ल्याइदै गरिएको ठूलो परिमाणको प्रतिबन्धित लागु औषध शनिबार सप्तरीको बलान बिहुल गाउँपालिकाबाट प्रहरीले बरामद गरेको छ ।
प्रहरी टोलीले दिउँसो १२ बजेतिर भारतीय सीमासँग जोडिएको बलान बिहुल गाउँपालिका वडा नं. १ मल्हनियाँ सडकखण्डमा चेकजाचको क्रममा यात्रु बोक्ने स.१ह. ३६८६ नम्बरको टेम्पोबाट उक्त लागु औषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेशकुमार सिंहले जानकारी दिएका छन् ।
टेम्पोमा लोड गरिएको दुई वटा बोरा भित्र चामलसँगै प्लास्टिकको कालो झोलामा लुकाइराखिएको अवस्थामा प्रहरीले १ हजार १ सय ७५ थानका दरले फेनारगन, डाइजेपाम र ब्रुफेनरापिन एम्पुल र ट्याब्लेट गरि ३ हजार ५ सय २५ वटा प्रतिबन्धित लागु औषध बरामद गरेको उनले बताए ।
प्रतिबन्धित लागु औषध ओसारपोसार गर्ने टेम्पो चालक बलान बिहुल गाउँपालिका ३ निवासी ३० वर्षिय राजेन्द्र राम र उनकै बयानका आधारमा पक्राउ परेका बलान बिहुल गाउँपालिका २ का हरिहर कुमार यादवलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिए ।
उनले सुरक्षा जाच छल्न चामलको बोरामा प्याक गरेर उक्त लागु औषध लुकाएर तस्करहरुले नयाँ नयाँ शैली अपनाउन थालेको बताए । पक्राउ परेका राम र यादवलाई लागु औषध नियन्त्रण ऐन अनुसार कारवाही प्रक्रिया अघि बढ्ने जानकारी दिदै उनले बरामद लागु औषध, टेम्पु र यादवले प्रयोग गरेका भारतीय नम्बरको मोटरसाइकललाई प्रहरीको नियन्त्रणमा रहेको जनाए ।
नेपालमा प्रतिबन्धित रहेका लागु औषध भारतीय बजारमा खुलेआम बिक्रि हुने भएकाले लागु औषध कारोबारी र यसका कुलतमा फसेकाहरु विभिन्न जुक्ति निकाल्दै लुकाई छिपाई नेपाल ल्याउने गरेको पाइएको प्रहरीको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ