News Category 2080/05/31
विद्युत हुकिङ गरेर चोरी गरिरहेको अवस्थामा १५ जना पक्राउ
दैनिक समाचारदाता
राजविराज, ३१ भदौ ।
सप्तरीको बोदेबरसाइन र खडक नगरपालिकाबाट विद्युत हुकिङ गरेर चोरी गरिरहेको अवस्थामा १५ जना पक्राउ परेका छन् ।
नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र बोदेबरसाइन शाखाबाट खटेको कर्मचारी र प्रहरीको संयुक्त टोलीले आइतबार खडक नगरपालिकाबाट ११ र बोदेबरसाइन नगरपालिकाबाट ४ गरि १५ जनालाई पक्राउ गरेको हो ।
प्राधिकरणको बोदेबरसाइन शाखाका प्रमुख रुपेश कुमार यादवले बोदेबरसाइन नगरपालिकाका कपिल सदा, दिनेश यादव, कुशेश्वर यादव र भागवत राम अवैध रुपले विद्युत पोलमा हुक लगाई बत्ति तथा अन्य काममा विद्युतको प्रयोग गरिरहेको अवस्थामा पक्राउ परेको जानकारी दिए ।
त्यस्तै सोही आरोपमा खडक नगरपालिकाका देवकान्त मण्डल, रामअधिन मण्डल, विश्वनाथ मण्डल, मिथिलेश मण्डल, बिन्देश्वर मण्डल, महन्थी मण्डल, हरिनारायण मण्डल, किशोर चौधरी, योगि राम, साकिर हुसैन र मो. नौसाद अलि पनि पक्राउ परेका छन् ।
प्राधिकरणले चोरीको विद्युत बाल्ने ग्राहकको मिटरसमेत नियन्त्रणमा लिए लाइन काट्ने कामलाई प्राथमिकता दिएको शाखा प्रमुख यादवले बताए ।
उनले पक्राउ परेकाहरुबाट चोरी गरि प्रयोग गरेको विद्युत महसुलको तत्कालै मुल्याङकन गरि निस्केको रकम र त्यसमा लाग्ने जरिवाना जोडेर असुल गरिने जनाएका छन् । उनले त्यस क्षेत्रमा विद्युत चोरी भइरहेको सूचना आएपछि प्राधिकरणका कर्मचारी तथा सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ