News Category 2080/06/03
राजासहितको हिन्दु राष्ट्र घोषणाको माग गर्दै प्रर्दशन
दैनिक समाचारदाता
राजविराज, ३ असोज ।
नेपालको लागी नेपाली पार्टी, नेपाल पिछडा वर्ग किसान महासंघ तथा श्रीराम हनुमान आराधना मण्डल नेपाल सप्तरीले वर्तमान संविधानलाई कालो संविधानको संज्ञा दिदै त्यसको खारेजी तथा राजसंस्था सहितको हिन्दु राष्ट्र घोषणाको माग गर्दै बुधबार प्रर्दशन गरेको छ ।
स्थानीय शिव मन्दिरको प्राङ्गनबाट “असोज ३ कालो दिन, २०७२ को संविधान खारेज गर, राज संस्था सहितको हिन्दु राष्ट्र घोषणा गर, गौ हत्या बन्द गर, २०४७ को संविधान पुर्नस्थापना गर लगायतका नाराबाजी गर्दै संयौको संख्यामा राजवादीहरु नगरको विभिन्न भागको परिक्रमा गरेका थिए ।
प्रर्दशनमा गाउँ गाउँबाट आएका साधु सन्त र महिलाहरुको उल्लेख्य सहभागिता देखिन्थ्यो । प्रर्दशन पछि आयोजित विरोध सभामा नेपालका लागी नेपाली पार्टीका संरक्षक किशोरी महतोले वर्तमान संविधान र सरकार पुर्णरुपमा फेल भईसकेको बताए ।
वर्तमान संविधान तथा आफुलाई ठूला दल भनाउँदाहरुबाट नेपाली जनताको चाहना पुरा गर्न सम्भव नभएको बताउँदै उनले राजनीतिक व्यवस्था परिवर्तनका लागी वर्तमान संविधानको खारेजी तथा २०४७ को संविधानको पुर्नस्थापनाको विकल्प नरहेको दाबी गरे ।
सभामा सहभागी वक्ताहरुले राजासहितको हिन्दु राष्ट्र तथा संविधान खारेजीको घोषणा नभए आन्दोलन चर्काउने चेतावनी समेत दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ