News Category 2080/06/03
संविधान दिवसको अवसरमा प्रभातफेरी

दैनिक समाचारदाता
राजविराज, ३ असोज ।
संविधान जारी भएको दिन असोज ३ लाई सरकारीस्तरबाट सप्तरीमा प्रभातफेरी गरि विभिन्न कार्यक्रमसहित मनाइएको छ ।
यस अवसरमा बुधवार विहान जिल्ला प्रशासन कार्यालयले राजविराजमा प्रभातफेरीको आयोजना गरेको छ । तीन दिवसीय कार्यक्रम अन्तर्गत अघिल्लो दिन मंगलवार सरसफाई र विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितको आयोजना गरेको जिल्ला प्रशासन कार्यलयले दोश्रो दिन बुधवार प्रभातफेरी तथा पुरस्कार वितरण लगायतको कार्यक्रम गरेको हो ।
स्थानीय गजेन्द्र चोकबाट संविधानको सार, शान्ति सुशासन विकास र समृद्धिको आधार, हक मात्र नखोजौ, कर्तब्य पनि पालना गरौं, संविधानको आधार, तीन तहको सरकार लगायतका नारा लेखिएको प्ले कार्डसहित निस्केको ¥याली बजार क्षेत्र परिक्रमा पश्चात पुनःसोही स्थानमा पुगी सभामा परिणत भएको थियो ।
प्रभातफेरीमा तत्कालिन संविधानसभा सदस्य अशोक कुमार मण्डल (अमर), प्रमुख जिल्ला अधिकारी किरण थापा, नेपाल प्रहरीका प्रहरी उपरिक्षक नरेन्द्र कुमार कार्की, सशस्त्र प्रहरी उपरिक्षक धन बहादुर सिह, नेपाली सेना बरख गणका गणपती रमेश पाण्डे, जिल्ला समन्वय समितीका प्रमुख शिव नारायण साह, नागरीक समाज सप्तरीका अध्यक्ष थानसिह भन्साली, राष्ट्रिय अनुसन्धानका निर्देशक सुरेन्द्र कोइराला, डिभिजन बन कार्यालयका प्रमुख हेमन्त प्रसाद साह, राजविराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु गुरुङ्ग, नेपाली काँग्रेसका सचिव सनत मण्डल, नेकपा एकिकृत समाजवादीका अध्यक्ष प्रताप नारायण चौधरीसहित विभिन्न विद्यालयका छात्रछात्राहरुको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ