News Category 2080/06/04
क्षमा पूजा गरेर छिन्नमस्ता भगवतीको पुरानै मुकुट लगाउने तयारी
दैनिक समाचारदाता
राजविराज, ४ असोज ।
सप्तरीको छिन्नमस्ता भगवती मन्दिरमा रहेको देवीको मूर्तीमा क्षमा पूजा गरेर पुरानै मुकुट लगाउने तयारी गरिएको छ ।
मुलुककै प्रसिद्ध शक्तिपीठ मध्येका एक छिन्नमस्ता भगवती मन्दिरकी देवीको एक किलो ५० ग्राम तौल भएको पुरानो मुकुटलाई झिकेर बिहीबार छिन्नमस्ता भगवती मन्दिर समितिले दाता परिवारसमेतको नाम लेखिएको नयाँ मुकुट जडान गरिएपछि सर्वत्र बिरोध सुरु भएको थियो ।
दाता परिवारको लहडमा मन्दिर समितिले मूर्तीको स्वरुप परिवर्तन गरि लाखौं श्रद्धालुको आस्थासँग खेलवाड गरेको भन्दै स्थानीय समेतले चर्को बिरोध गरेका थिए ।
छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले आफूलाई जानकारी समेत नदिई एकतर्फी ढंगले मन्दिर समितिले मुकुट हेरफेर गरेको भन्दै आक्रोस पोखे । उनले उक्त कार्यलाई तत्कालै सच्याउन समितिलाई कडा निर्देशन दिएको बताए ।
आफूखुशी माताको मुकुट परिवर्तन गरि समितिले लाखौं श्रद्धालु भक्तजनको आस्थामाथी चोट पु¥याउने काम गरेको भन्दै उनले यसलाई तत्काल सच्याउन मन्दिर नै पुगेर समितिलाई कडा निर्देशन दिएको बताए ।
उनले गाउँपालिकाकै पहलमा पुरानो मुकुटलाई सुन्दरता प्रदान गरि शुक्रबार साँझ ५ बजेभित्र मन्दिरमा पुर्नस्थापित गरिने तयारी गरिएको समेत जानकारी दिए ।
दाता परिवारका कृष्ण मुरारी प्याकुरेल, गोपीराज प्याकुरेल, राधा प्याकुरेल र शंकर प्याकुलेर गरि चार जनाको नाम कुँदेर भगवतीको मुर्तीमा नयाँ मुकुट जडान गरिएको छ । नयाँ मुकुटको तौल एक किलो २ सय ५० ग्राम रहेको छ ।
मन्दिरका पीठाधिश महाकान्त ठाकुरले पुराना मुकुटमा चिरा परेका कारण दाता पक्षकै अनुरोधमा नयाँ मुकुट जडान गरिएको बताए । यद्दपी यसको व्यापक बिरोध भएकाले शुक्रबार क्षमा पूजासहित पुरानै मुकुट लगाउने निष्कर्षमा समिति पुगेको उनले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ