News Category 2080/06/06
रगतको चरम अभाव भएपछि रक्तदान
राजविराज÷रगतको अभावले उपचारका लागि आउने बिरामीहरुले समस्या भोगिरहेका बेला यहाँ प्रहरी निकायबाट रक्तदान कार्यक्रमको आयोजना गरि समस्या न्युनिकरणको प्रयास गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल दन्तकालि विशेष कार्य तालिम शिक्षालय बरमझिया सप्तरीले शनिबार रक्तदान कार्यक्रमको आयोजना गरि यस्तो प्रयास गरेका हुन् ।
स्थानीय गजेन्द्र नारायण सिंह अस्पताल हाताभित्र रेडक्रस सोसायटी शाखा सप्तरीद्वारा संचालित जिल्लाकै एक मात्र रक्तसंचार केन्द्रमा रगतको अभाव भएको खबर प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल दन्तकालि विशेष कार्यतालिम शिक्षालयको २१औं वार्षिक स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरिएको सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक दिग्गबिजय सुवेदीले बताए ।
स्थापना दिवस १० असोजमा परे पनि रक्तसंचार केन्द्रमा रगतको अभाव सृजना भएकाले केही दिन अगावै कार्यालय परिसरमै रक्तदान कार्यक्रम गरि संकलित रगत केन्द्रलाई जिम्मा लगाइएको सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक सुवेदीले जानकारी दिए ।
सो अवसरमा उनले रक्तदान महादान भएको र रक्तसंचार केन्द्रमा भण्डारण क्षमता बढाउन तथा रगतको अभावमा कोही पनि बिरामीको मृत्यु हुन नदिन स्थापना दिवसमा रक्तदान कार्यक्रम रोजेको बताए । कार्यक्रममा उनीसहित सशस्त्र प्रहरीका ३१ जनाले ३१ युनिट रक्तदान गरेका छन् ।
केन्द्रमा माग अनुसार रगत नपाउँदा बिरामीका आफन्त दाताको खोजिमा भौतारिनु पर्ने अवस्था रहेका बेला सशस्त्र प्रहरीले सेवाभावले रक्तदान कार्यक्रमको आयोजना गरि ठूलो सहयोग गरेको रक्तसंचार केन्द्र राजविराजका इन्चार्ज नविन झाले बताए ।
“यहाँस्थित गजेन्द्र नारायण सिंह अस्पताल, छिन्नमस्ता अस्पताल, अनार भुवनेश्वर अस्पताल, युनिक अस्पतालमा आसपासका पालिका र जिल्ला बाहिरका समेत दैनिक सय भन्दा बढी उपचारका लागि बिरामी आउने गरेका छन् । जसका लागि रगतको पनि उत्तिकै आवश्यकता पर्ने गरेको छ, इन्चार्ज झाले भने–तर रगतको अभाव हुँदा कतिपय अत्यावश्यक शल्यक्रिया समेत समयमा गर्न कठिन हुने गरेको छ ।”
उनले जिल्लाका विभिन्न अस्पतालबाट दैनिक शल्यक्रिया तथा अन्य उपचारका लागि रगतको माग हुने गरेको तर, रगतको अभावले गर्दा रगत चाहिने बिरामीका आफन्त स्वयम दिने व्यक्ति सँगै लिएर आउनु पर्ने बाध्यता रहेको सुनाए ।
रगतको अभाव हुँदा सुनसरी र मोरङ सम्मबाट रगत मगाएर मागको आपूर्ती गराउँदै आएकोमा हाल उताका केन्द्रमा पनि रगतको अभाव भएकाले समस्या भएको उनको भनाई छ । नागरिक तहसम्म रगतको महत्वका बारेमा बुझाएर उत्प्रेरणा नदिएसम्म रगतको अभाव घटाउन कठिन हुने जानकारहरुको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ