News Category 2080/06/07
१७ लाख भन्दा बढी मुल्य बराबरको चाँदीको गरहगनासहित दुई पक्राउ
दैनिक समाचारदाता
राजविराज, ७ असोज ।
सप्तरी प्रहरीले १७ लाख भन्दा बढी मुल्य बराबरको चाँदीका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्लाको बोदेबर्साइनबाट नगरपालिका वडा नं. ५ हुलाकी सडक खण्ड अन्तरगत खडक खोला पुलमा प्रहरीले चेकजाच गर्ने क्रममा शुक्रबार सिरहाको मिर्चैया नगरपालिका वडा नं. २ महदेवा निवासी १९ वर्षिय अशोक साह र सोही नगरपालिका वडा नं. १२ निवासी २४ वर्षिय बिनोद ठाकुरलाई पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय बोदेबर्साइन तथा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको संयुक्त टोलिले चेक जाँचको क्रममा उनीहरुको साथबाट कालो झोलामा राखिएको १७ किलो ५ सय किलोग्रामको चाँदीका गरगहना बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए ।
प्रहरी टोलिले प्र.२–०१–००४प.०३५८ न.को मोटरसाइकलमा सवार दुबै जनालाई चेकजाँच गर्ने क्रममा पछाडी सवार विनोद कुमार ठाकुरले बोकेको कालो झोलाबाट १७ किलो ५ सय किलोग्राम १७ लाख ५० हजार मुल्य पर्ने चाँदीका गरहगना, २ लाख ९६ हजार ६ सय नगद तथा ३३ हजार ८ सय, २० हजार ९ सय र ५६ हजार ५ सयका दरले तीन वटा चेक समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पक्राउ परेका उनीहरु उपर आवश्यक अनुसन्धान सकिएपछि प्रहरीले आइतबार सम्पूर्ण घटना विवरण सार्वजनिक गरेको छ । दुबै जनाले प्रयोग गरेको मोटरसाइकल, बरामद गरगहना, नगद र चेकसहित उनीहरुलाई राजश्व अनुसन्धान कार्यालय इटहरी आवश्यक कारवाहीका लागि पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ