News Category 2080/06/08
ढल निकासको उचित व्यवस्थापन नहुँदा टोल पोखरीमा परिणत, तीन दर्जन परिवार समस्यामा
दैनिक समाचारदाता
राजविराज, ८ असोज ।
राजविराज नगरपालिका वडा नं. ७ मैथिली टोलका तीन दर्जन परिवार समस्यामा परेका छन् ।
ढल निकासको उचित व्यवस्थापन नहुँदा खुला नाला र वर्षाको पानी घर आंगनसम्म जम्मा भएपछि ती परिवार समस्यामा परेका हुन् । नाला र वर्षाको पानीको निकास नहुँदा टोल पोखरीमा समेत परिणत भएको छ ।
स्थानीयवासी चन्द्रकुमारी साहले नाला व्यवस्थित नगरिएको कारण र ढलको उचित व्यवस्थापन हुनसकेकाले वर्षसँगै नालाको फोहर पानी घर आंगनसम्म जमेकाले हिड्न समेत समस्या भइरहेको बताइन् ।
सोही टोलकी सुनिता झाले घर आंगन र आसपासमा नालाको फोहर पानी र वर्षात समेतको पानीले डुवान पार्दा टोल नै दुर्गन्धित बनाउनुका साथै आवतजावतमा समस्या उत्पन्न भएको सुनाइन् ।
यस्तै अर्का स्थानीय महेन्द्र साहले घर भित्र समेत छिरेको पानीको निकास नहुँदा वर्षेनी समस्या भोग्दै पर्दैआइरहेको सुनाए । उनले नगरपालिकामा पटक पटक समस्या समाधानका लागि अनुरोध गर्दा पनि आशवासन बाहेक केही नपाएको दुखेसो पोखे ।
वडाअध्यक्ष शुभाषचन्द्र यादवले उक्त समस्याबाट आफू पनि जानकार रहेको बताउँदै वडा कार्यालयको बजेटबाट व्यवस्थित नाला निर्माण र ढल निकासलगायतको व्यवस्थापन कार्य गर्न कठिन भएको बताए । उनले उक्त समस्या समाधानका लागि आफूले पनि नगरपालिकामा पहल गरिरहेको जनाएका छन् ।
यसैबीच प्रदेशसभा सदस्य किरणकुमारी साहले अव्यवस्थ्ति नाला र वर्षाको पानीले टोल जलमग्न भएको जानकारी पाएपछि सोमबार सो स्थानको स्थलगत निरिक्षण गरेकी छिन् । सो क्रममा उनले ढल निकासका लागि व्यवस्थित गुरुयोजना निर्माण आवश्यक रहेको यसका लागि आफूले पनि पहल गर्ने आश्वासन दिइन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ