News Category 2080/06/11
१६ वर्षिया किशोरी बलात्कृत
दैनिक समाचारदाता
राजविराज, ११ असोज ।
सप्तरीकोे डाक्नेश्वरी नगरपालिका ३ की १६ वर्षिया एक दलित किशोरीलाई सोही वडा निवासी २४ वर्षिय महेशकुमार साहले बलात्कार गरेका छन् ।
पीडित पक्षले बुधबार प्रहरीमा उजुरी दिएपछि घटनाको ९ दिनपछि उक्त घटना सार्वजनिक भएको हो ।
असोज ३ गते भएको उक्त घटना गाउँघरमा ढाकछोपको प्रयास तथा घटना मिलाउन दबाब दिँदा ढिलो गरी प्रहरी समक्ष आइपुगेको प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार असोज ३ गते रातीको समयमा साहले ती किशोरीलाई विभिन्न बहानामा बोलाई गाई गुहालीमा लगि बलात्कार गरेको खुलेको छ । पीडित किशोरीले मुख थुनेर मार्ने धम्की दिँदै जबरजस्ती गरेको बताएकी छिन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले किशोरीलाई बलात्कार गर्ने महेश र बलात्कारको घटना मिलाउन दबाब दिने अर्का एक युवक प्रहरीमा उजुरी परेको थाहा पाएपछि फरार भएका छन् ।
फरार दुबै जनाको खोजिकार्य भइरहेको जनाउँदै बलात्कारको घटना ढाकछोप तथा मिलाउन दबाब दिने युवकको नाम अनुसन्धानमा बाधा पर्न नदिने मनसायले गोप्य राखिएको प्रहरीको भनाई छ ।
किशोेरीका आफन्तले महेश र घटना मिलाउन दाबब दिने व्यक्ति बिरुद्ध किटानी जाहेरी समेत दिएका छन् । किशोरीको स्वास्थ्य परिक्षणबाट पनि बलात्कारको पुष्टि भएको भन्दै प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ