News Category 2080/06/13
आगलागीले एकै व्यक्तिको चार घर नष्ट
दैनिक समाचारदाता
राजविराज, १२ असोज ।
लामखुट्टे धपाउन बालिएको घुर सल्केर आगलागी हुदाँ सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका एकै ब्यक्तीको चार घर जलेर नष्ट भएको छ ।
विहीवार मध्यराती भएको आगलागीले हनुमाननगर कंकालिनी नगरपालिका वडा नं ५ जोगिनिया निवासी रोहीत रामको चारवटा घर जलेर खरानी भएको हो ।
मध्यराती १ बजेतीर गाई गुहालीबाट सल्केको आगो फैलिएर रामको चार वटा घर खरानी भई झण्डै ७ लाख बराबरको क्षती भएको प्रहरीको प्रारम्भीक अनुमान छ ।
फुसको संरचना भएको घरमा विद्युतिय गतीमा आगो पैmलिएपछि तत्काल नियन्त्रणको उपाय गर्न नसक्दा भाडाकुडा, खाद्यन्न, फनिचर, लताकपडा तथा २ वटा साइकल समेत जलेर खरानी भएको अग्नीपीडित रामले बताए ।
हनुमाननगर कंकालिनी नगरपालिकाको बारुणयन्त्र, स्थानीयवासी तथा प्रहरीको एक घण्टाको प्रयास पश्चात आगोमाथी नियन्त्रण कायम गरिएको प्रहरीले जनाएको छ ।
आगलागीले घर र सबै सम्पती जलेर नस्ट हुदाँ राम परिवारको विचल्ली भएको छ । सानो गल्तीले ठूलो क्षति भएको भन्दै प्रहरीले जथाभावी आगो नबाल्न तथा आवश्यक सावधानी अपनाउन सबैसँग अनुरोध गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ