News Category 2080/06/14
राजविराजबाट जनकपुर जाँदै गरेको बस मिर्चौयामा दुर्घटना, दुई जनाको मृत्यु, २५ जना घाइते
दैनिक समाचारदाता
राजविराज, १४ असोज ।
राजविराजबाट जनकपुरधामतर्फ जाँदै गरेको एक यात्रुबाहक बस आइतबार दिउँसो सिरहाको मिर्चाैयामा दुर्घटना हुँदा दुई जना यात्रुको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।
आईतबार दिउँसो करिब २ः३० बजे राजविराजबाट जनकपुरधामतर्फ जाँदै गरेको ना.४ख. ७१८७ नम्बरको धनलक्ष्मी ट्राभल्सको स्प्रिङ पट्टा भाँचिएर मिर्चैयाको मारुती सिमेन्ट फैक्ट्री नजिक अनियन्त्रित भई दुर्घटना भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जीतेन्द्र बस्नेतले तीब्र गतिमा आउँदै गरेको बस अनियन्त्रित भएर दुर्घटना भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै जानकारी दिएका छन् । दुर्घटनामा मृत्यु भएका दुई जनाको सनाखत हुन नसकेको उनले बताए ।
सोही दुर्घटनामा घाईते भएका २५ जनाको स्थानीय अस्पतालहरुमा उपचार भईरहेको तथा तीन जनाको अवस्था गम्भिर रहेकोले सिरहा पठाइएको बताए ।
बसका चालक र बस मिर्चैया प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । यस घटनाबारे अनुसन्धान सुरु गरिएको डिएसपी बस्नेतले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ