News Category 2080/06/15
अपराधका पुराना फायल खोल्ने नयाँ एसपीको प्रतिबद्धता

दैनिक समाचारदाता
राजविराज, १५ असोज ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख (एसपी) गजुसिद्धि बज्राचार्यले जिल्लामा बिचाराधिन तथा फायलमै सीमित रहेका गम्भिर प्रकृतिका अपराधका पुराना घटनाका फायलहरु खोलिने र अपराधीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन् ।
सप्तरीको प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेको ८औं दिन सोमवार संचारकर्मीहरुसँगको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो प्रतिबद्धता जनाएक हुन् ।
“जिल्लामा शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउनुका साथै विगतमा भएका गम्भिर प्रकृितका अपराधका पुराना फायलहरुको सुक्ष्म अध्ययन गरी अनुसान्धान अघि बढ्नेमा विश्वस्त राख्न आग्रह गर्दै उनले यसमा कोहीसँग पनि सम्झौता नगरिने समेत बताए ।
पत्रकारको सुरक्षा र सम्मानका साथै समयमै सूचना प्रवाहका विषयलाई आफुले प्राथमिकतामा राख्ने उनको भनाई छ । उनले शान्ति सुरक्षा तथा समाजमा आपसी सद्भाव कायम राख्ने विषयमा संचारकर्मीहरुसँग सकारात्मक सहयोग पाउने अपेक्षा पनि राखे ।
अपराध नियन्त्रण तथा पीडितलाई राहत दिने गरी नयाँ ढंगले काम गर्ने योजना सुनाउदै उनले आउन लागेको महान चाडपर्व दशैं, तिहार र छठलाई लक्षित गरी विशेष सुरक्षा योजना बनाएको जानकारी पनि दिए ।
कार्यक्रममा सप्तरी सरुवा भएर आएका डिएसपी ढुण्डिराज नेउपानेले जनता र प्रहरीबीचको आपसी सद्भाव अझ प्रगाढ बनाउन तथा जिल्लामा शान्ति सुरक्षा कायम गर्न प्रहरीले सबै सरोकारवालासँग मिलेर काम गर्ने बताए ।
कार्यक्रममा पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देव, केन्द्रिय सदस्य ललिता साह, पूर्व केन्द्रिय सदस्य अवधेश झा, प्रेस युनियन सप्तरीका अध्यक्ष विनय लाल कर्ण लगायतले जिल्लामा अपराध न्यूनीकरणका लागि आ–आफ्नो सुझाव दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/11 पानीको समस्या समाधान गर्न प्रजिअद्वारा स्थलगत निरिक्षणका साथै निर्देशन
- 2082/04/11 कृषि विश्वविद्यालयमा तालाबन्दी
- 2082/04/11 स्व. सिंहको योगदान बारे चर्चा गर्दै सम्झाना
- 2082/04/11 मधुश्राबणीको अवसरमा महिला परिषदले गरे कार्यक्रम
- 2082/04/11 ३१औं “प्रकाश मानव अधिकार पुरस्कार” सुनिलकुमार यादवलाई
- 2082/04/11 चोरी पैठारीका ७४ कार्टुन मदिरा र २८ बोरा कुरमुरे भन्सार बुझाइयो
- 2082/04/11 आदिवासी जनजाती समुदायको परम्परागत खाद्य पहिचान गर्दै अर्थ ब्यवस्था सुदृढ गर्नु पर्छ ः मन्त्री लेखी
- 2082/04/10 करेन्ट लागेर खंग दम्पत्तिसहित एकै दिन तीन जनाको मृत्यु
- 2082/04/10 कम्पनीका मेनेजर १८ दिनदेखि वेपत्ता
- 2082/04/10 तपेश्वरीमा पहिलो पटक मिनि महोत्सव हुँदै
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ