News Category 2080/06/15
मुलुकमै विकास र रोजगारीको पर्याप्त सम्भाव्यता रहेको छ ः अध्यक्ष नेपाल
दैनिक समाचारदाता
राजविराज, १५ असोज ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले बेरोजगारी समस्या समाधानका लागि मुलुकमै विकास र रोजगारीको पर्याप्त सम्भाव्यता रहेको बताएका छन् ।
पार्टीद्वारा आयोजित मेची–महाकाली समाजवादी जागरण अभियान २०८० अन्तरगतको दोश्रो दिन सोमबार सप्तरी सदरमुकाम राजविराज आइपुगेका अध्यक्ष नेपालले अभियानलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले भने, “मुलुकमा हिमाल, पहाड, तराई गरि तीन किसिमको भौगिोलिक बनावट र प्राकृतिक विविधता पर्यटनको प्रमुख संवाहक रहेको छ, यसलाई नै सदुपयोग गर्नेतर्फ समाजवादीले अभियान मार्फत लागिपरेको छ ।” पर्यटनका माध्यमबाट पनि बेरोजगारी समस्या समाधान गर्न सकिने उनले भने ।
अभियानलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले विचार मिल्ने राजनीतिक दलहरुसँग सहकार्य र सहमतिका साथ अघि बढ्नु आवश्यकता रहेको बताए । समाजवादी अभियान यसैको नमूना रहेको प्रष्ट्याउँदै उनले भने, “फराकिलो छाती गरेर सहकार्य गर्न चाहने सबैका लागि हाम्रो ढोका खुल्ला छ ।”
सोही कार्यक्रममा बोल्दै पार्टीका सम्मानित नेता झलनाथ खनालले मुलुक आर्थिक संकटले गज्रिरहेको अवस्थामा मुल्य बृद्धिले जनतालाई थप मारमा पारेको बताए । उनले १ सय ३१ वटा मौलिक हकका ऐन निर्माण गर्नु पर्ने जिम्मेवारी वर्तमान संसदमाथी रहेको बताउँदै एउटा पनि निर्माण गर्न नसकेकोमा दुःख व्यक्त गरे । ःपूर्व प्रभानमन्त्री समेत रहेको नेता खनालले जनताको भवनालाई अंगिकार गर्दै संसद पनि गतिशिल हुन आवश्यक रहेको टिप्पणी गरे ।
पार्टीको सप्तरी जिल्ला अध्यक्ष प्रतापनारायण चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेशका भूमि व्यवस्था तथा सहकारी मन्त्री गोबिन्द बहादुर न्यौपाने, पार्टीका महिला नेतृ रामकुमारी झाँक्री लगायतले पनि अभियानको उद्देश्यका बारे जानकारी गराएका थिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि दुई दर्जन भन्दा बढी स्थानीय नेता तथा कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । नवप्रवेशीलाई अबिर लगाएर पार्टीका अध्यक्ष नेपालले स्वागत गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ