News Category 2080/06/17
बालिका बलात्कार गर्नेलाई ८ वर्ष कैद र एक लाख क्षतिपूर्तीको फैसला
दैनिक समाचारदाता
राजविराज, १७ असोज ।
पाँच वर्ष अघि बाख्रा चराउन गएकी बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरी जिल्ला अदालतले मंगलबार एक यूवकलाई ८ वर्ष कैद सजायको फैसला सुनाएको छ ।
उक्त आरोपमा सप्तरीको शम्भुनाथ नगरपालिका ७ का दशन मण्डललाई सप्तरी जिल्ला अदालतले ८ वर्ष कैद सजायको फैसला सुनाएको हो । उनी हाल पूर्पक्षका लागि राजविराज कारागारमा छन् ।
न्यायधिश हेमन्त रावलको इजलाशले बलात्कार घटनामा मण्डललाई दोषि ठहर गर्दै ८ वर्ष कैद तथा १ लाख क्षतिपूर्ती भराउने समेत फैसला गरेको इजलाश अधिकृत कुमार सुवेदीले जानकारी दिए ।
बि.स. २०७५ साल साउन ५ गते बाख्रा चराउन गएकी सोही पालिकाकी एक बालिकालाई बलात्कार गरेको उजुरी परेपछि प्रहरीले मुद्दा दर्ता गरि मण्डलको खोजतलास सुरु गरेको थियो । त्यसपछि फरार रहेका मण्डल घटनाको चार वर्षपछि २०७९ साल चैत १ गते स्वयम अदालतमा उपस्थित भएपछि पूर्पक्षका लागि कारागार चलान भएका थिए ।
पीडितको उजुरीको आधारमा बालिकाको स्वास्थ्य परिक्षण गराउँदा बलात्कारको पुष्टि भएपछि प्रहरीले उनीमाथी जबरजस्तीकरणी मुद्दा चलाएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ