News Category 2080/06/17
अब हुने चुनावमा कुनै दलसँग गठबन्धन हुँदैन ः नेता निधि
दैनिक समाचारदाता
राजविराज, १७ असोज ।
नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले २०८४ को चुनावमा कुनै दलसँग गठबन्धन नहुने बताएका छन् ।
राजविराजस्थित पार्टी कार्यालयमा बुधबार नेता तथा कार्यकर्ता सँगको भेंटमा उनले काँग्रेसको अस्तित्व जोगाउन आउँदो चुनावमा कुनैपनि राजनीतिक दलसँग गठबन्धन नगरि चुनावमा जाने तयारी पार्टी भित्र भईरहेको जानकारी दिए ।
पूर्वगृहमन्त्री समेत रहेका निधिले आम जनतामा काँग्रेस अहिलेदेखि त्यसका लागि माहौल बनाउनमा लाग्न निर्देशन दिए ।
एक फरक प्रसंगमा निधिले देशमा संविधान आएको ८ बर्ष वित्न लाग्दा पनि संघियता अहिले सम्म कार्यान्वयन नहुनुले समस्या निम्त्याएको बताए । ‘संघियता आएको तर अहिले सम्म प्रदेश सरकार संग प्रहरी, प्रशासन र आफ्नो कर्मचारी नभएको कारण सरकार सञ्चालनमा समस्या आएको छ’ उनले भने, ‘सरकार त्यसलाई भनिन्छ जसको मातहतमा प्रहरी–प्रशासन र कर्मचारी हुन्छ ।’
संघियताको कार्यान्वयन आफू गृहमन्त्री हुँदादेखि शुरु भएको तर अहिलेसम्म नभएकोप्रति चिन्ता व्यक्त गर्दै उनले नेता तथा कार्यकर्तालाई त्यसका लागि जनदवाव सृजना गरेर जनताको विश्वास जित्दै काँग्रेस प्रति आकर्षण बढाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाली काँग्रेस सभापति रामदेव साह, उपसभापति रामकुमार यादव र सचिव सनत मंडल सहित पार्टीका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ