News Category 2080/06/17
अब हुने चुनावमा कुनै दलसँग गठबन्धन हुँदैन ः नेता निधि

दैनिक समाचारदाता
राजविराज, १७ असोज ।
नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले २०८४ को चुनावमा कुनै दलसँग गठबन्धन नहुने बताएका छन् ।
राजविराजस्थित पार्टी कार्यालयमा बुधबार नेता तथा कार्यकर्ता सँगको भेंटमा उनले काँग्रेसको अस्तित्व जोगाउन आउँदो चुनावमा कुनैपनि राजनीतिक दलसँग गठबन्धन नगरि चुनावमा जाने तयारी पार्टी भित्र भईरहेको जानकारी दिए ।
पूर्वगृहमन्त्री समेत रहेका निधिले आम जनतामा काँग्रेस अहिलेदेखि त्यसका लागि माहौल बनाउनमा लाग्न निर्देशन दिए ।
एक फरक प्रसंगमा निधिले देशमा संविधान आएको ८ बर्ष वित्न लाग्दा पनि संघियता अहिले सम्म कार्यान्वयन नहुनुले समस्या निम्त्याएको बताए । ‘संघियता आएको तर अहिले सम्म प्रदेश सरकार संग प्रहरी, प्रशासन र आफ्नो कर्मचारी नभएको कारण सरकार सञ्चालनमा समस्या आएको छ’ उनले भने, ‘सरकार त्यसलाई भनिन्छ जसको मातहतमा प्रहरी–प्रशासन र कर्मचारी हुन्छ ।’
संघियताको कार्यान्वयन आफू गृहमन्त्री हुँदादेखि शुरु भएको तर अहिलेसम्म नभएकोप्रति चिन्ता व्यक्त गर्दै उनले नेता तथा कार्यकर्तालाई त्यसका लागि जनदवाव सृजना गरेर जनताको विश्वास जित्दै काँग्रेस प्रति आकर्षण बढाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाली काँग्रेस सभापति रामदेव साह, उपसभापति रामकुमार यादव र सचिव सनत मंडल सहित पार्टीका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/11 पानीको समस्या समाधान गर्न प्रजिअद्वारा स्थलगत निरिक्षणका साथै निर्देशन
- 2082/04/11 कृषि विश्वविद्यालयमा तालाबन्दी
- 2082/04/11 स्व. सिंहको योगदान बारे चर्चा गर्दै सम्झाना
- 2082/04/11 मधुश्राबणीको अवसरमा महिला परिषदले गरे कार्यक्रम
- 2082/04/11 ३१औं “प्रकाश मानव अधिकार पुरस्कार” सुनिलकुमार यादवलाई
- 2082/04/11 चोरी पैठारीका ७४ कार्टुन मदिरा र २८ बोरा कुरमुरे भन्सार बुझाइयो
- 2082/04/11 आदिवासी जनजाती समुदायको परम्परागत खाद्य पहिचान गर्दै अर्थ ब्यवस्था सुदृढ गर्नु पर्छ ः मन्त्री लेखी
- 2082/04/10 करेन्ट लागेर खंग दम्पत्तिसहित एकै दिन तीन जनाको मृत्यु
- 2082/04/10 कम्पनीका मेनेजर १८ दिनदेखि वेपत्ता
- 2082/04/10 तपेश्वरीमा पहिलो पटक मिनि महोत्सव हुँदै
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ