News Category 2080/06/18
किसान संगठनको कार्यसमिति चयन
दैनिक समाचारदाता
राजविराज, १८ असोज ।
राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक किसान संगठन सप्तरीको बिहीबार सम्पन्न जिल्ला अधिवेशनले अध्यक्षमा पुनः बुचाई दासलाई चयन गरेको छ । उनी यस अघि पनि संगठनको जिल्ला अध्यक्ष पदको जिम्मेवारीमा थिए ।
नयाँ नेतृत्वको चयन पश्चात् वसेको प्रथम बैठकले किसानको समस्या समाधानका लागी आवश्यक पहल गर्ने निर्णय भएको संगठनले जनाएको छ ।
सर्वसम्मतले चयन १५ सदस्यीय नयाँ कार्य समितीको उपाध्यक्षमा लक्ष्मण यादव, सचिवमा गंगाराम ठाकुर, सहचिवमा मनोज चौधरी तथा कोषाध्यक्षमा अजंली देवी मण्डल छन् ।
यस्तै सदस्यहरुमा शुभाष राय, बुधराम यादव, भोगेन्द्र यादव, राम चन्द्र मण्डल, टुनटुन साह, सकलदेव साह, राम कुमार महतो, छोटेलाल रजक तथा राम देव माझी चयन भएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष उम्देश्वर साहको अध्यक्षतामा तथा राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनको केन्द्रिय अध्यक्ष राममणी न्यौपानेको प्रमुख अतिथ्यमा सम्पन्न अधिवेशनमा संठनका केन्द्रीय उपाध्यक्ष जगदिश अधिकारी, श्यामसुन्दर बलामी, केन्द्रिय प्रवक्ता मिलन शम्शेर रोक्का, राप्रपाका जिल्ला सह सचिव सुरेन्द्र कुमार साह “सुरेश” लगायतको पनि उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ