News Category 2080/06/18
महादेवाको आठौ गाउँ सभा सम्पन्न
दैनिक समाचारदाता
राजविराज, १८ असोज ।
सप्तरीको महादेवा गाउँपालिकाले विहीवार आठौ गाउँ सभा सम्पन्न गरेको छ ।
पालिकाले स्वच्छ समाजको मुल आधार, शिक्षा, कृषि तथा भौतिक विकाश एवम स्वास्थ्य आहार ब्यवहार भन्ने मुल नाराका साथ गाउँ सभा सम्पन्न गरेको हो ।
पालिका अध्यक्ष सुनिल कुमार मण्डलले आर्थिक वर्ष २०८०÷०८१ मा पालिकाको ६ वटै वडामा ८० लाखको दरले वजेट विनियोजन गरेको जानकारी दिए ।
त्यस्तै कार्यक्रम सञ्चालन खर्च विषयगत शाखाको कार्यक्रम, प्रशासनिक, अतिआवश्यक योजना, कर्मचारीहरुको तलव, भत्तालगायत अन्य खर्च वापत ३८ करोड ७२ लाख ७५ हजार ६ सय ८० रुपैयाँ वजेट विनियोजन गरिएको बताए ।
गाउँपालिकामा ९५ प्रतिशत कृषि पेशा अङ्गालेकोले कृषिमा लागेलाई आत्म निर्भर बनाउनको लागी विधुतीकरणमा ध्यान दिएको उल्लेख गरे ।
सो कार्यक्रममा उपाध्यक्ष अर्चना कुमारी यादव, प्रमुख प्रशासकिय अधिकृत केशवकुमार झा, कानुन ब्यवसायी केशव प्रसाद दास, वडाध्यक्ष जयश्वर किशोर दास, जागेश्वर ईसर, लोसपाका युवा नेता सुरेन्द्र यादव, शंकर राउत, हरि नारायण यादवलगायत शुभकामना मन्तब्य दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ