News Category 2080/06/18
महादेवाको आठौ गाउँ सभा सम्पन्न

दैनिक समाचारदाता
राजविराज, १८ असोज ।
सप्तरीको महादेवा गाउँपालिकाले विहीवार आठौ गाउँ सभा सम्पन्न गरेको छ ।
पालिकाले स्वच्छ समाजको मुल आधार, शिक्षा, कृषि तथा भौतिक विकाश एवम स्वास्थ्य आहार ब्यवहार भन्ने मुल नाराका साथ गाउँ सभा सम्पन्न गरेको हो ।
पालिका अध्यक्ष सुनिल कुमार मण्डलले आर्थिक वर्ष २०८०÷०८१ मा पालिकाको ६ वटै वडामा ८० लाखको दरले वजेट विनियोजन गरेको जानकारी दिए ।
त्यस्तै कार्यक्रम सञ्चालन खर्च विषयगत शाखाको कार्यक्रम, प्रशासनिक, अतिआवश्यक योजना, कर्मचारीहरुको तलव, भत्तालगायत अन्य खर्च वापत ३८ करोड ७२ लाख ७५ हजार ६ सय ८० रुपैयाँ वजेट विनियोजन गरिएको बताए ।
गाउँपालिकामा ९५ प्रतिशत कृषि पेशा अङ्गालेकोले कृषिमा लागेलाई आत्म निर्भर बनाउनको लागी विधुतीकरणमा ध्यान दिएको उल्लेख गरे ।
सो कार्यक्रममा उपाध्यक्ष अर्चना कुमारी यादव, प्रमुख प्रशासकिय अधिकृत केशवकुमार झा, कानुन ब्यवसायी केशव प्रसाद दास, वडाध्यक्ष जयश्वर किशोर दास, जागेश्वर ईसर, लोसपाका युवा नेता सुरेन्द्र यादव, शंकर राउत, हरि नारायण यादवलगायत शुभकामना मन्तब्य दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ