News Category 2080/06/20
अदालतको आदेशपछि पनि लक्ष्मीले पाईनन् न्याय

राजविराज÷अदालतको फैसला कार्यान्वयन नहुँदा सप्तरीको शम्भुनाथ नगरपालिका १ खोक्सर प्रभाहकी २७ वर्षिया लक्ष्मी कुमारी कर्ण विचल्लीमा परेकी छिन् ।
सप्तरी जिल्ला अदालतले उनको हकमा मानाचामल उपलब्ध गराउन दिएको आदेश लामो समय वितिसक्दा पनि कार्यान्वयन नहँुँदा लक्ष्मीको विचल्ली भएको हो ।
अदालतको आदेश बोकेर दुई नावालिक छोरीसहित शनिवार सदरमुकाम राजविराज आईपुगेकी उनले संचारकर्मीहरुसित न्यायका लागि पहल गरिदिन आग्रह मात्र गरिनन् । अब न्याय खोज्न कहाँ जाने ? बाटो र उपाय बताइ दिन आग्रह समेत गरिन ।
अदालतको आदेश कार्यान्वयनमा ढिलाई हुँदा उनीसँगै दुई वर्षिया छोरी रियन्सीका र सात वर्षिया छोरी वर्षाको पनि विजोग भएको छ । लालपालनमा त समस्या छदै छ । कान्छी छोरी रियन्सीका जन्मदर्ता नहुँदा विद्यालय भर्ना हुनबाट समेत उनी बञ्चित भएकी छिन् ।
लक्ष्मीको शम्भुनाथ नगरपालिका १ खोक्सरका मदन कुमार कर्णसँग २०७१ साल ३० बैशाखमा हिन्दु परम्परा अनुसार विवाह भएको थियो । विहेमा १ लाख १० हजार नगद, २ तोला सुन तथा २० तोला चाँदीका गरगहना दिइएको लक्ष्मीको भनाई छ । विवाहको शुरुका केही समय पति मदन र घर परिवारका सबैले राम्रै व्यवहार गरेपनि दुई छोरी जन्मिएपछि व्यवहार परिवर्तन भई शारीरिक र मानसिक यातना दिने क्रम शुरु भएको उनी बताउँछिन् । पति, सासु र सासुराले शारीरिक र मानसिक यातना मात्र दिन थालेनन, घर निकाला नै गरे उनले भनिन ।
न्यायका लागि नगरपालिकाको न्याय समितिमा पुगे र त्यहाँ भएको सहमतिको पालना पति, सासु र ससुराले गर्न अस्विकार गरेपछि अदालतको शरणमा पुगेको उनले सुनाईन । सँगै जिवनयापन नगरुन्जेल तथा सम्बन्ध विच्छेद मुद्दाको अन्तिम टुंगो नहुन्जेलसम्म अदालतले २०७७ माघदेखि लागु हुने गरी लक्ष्मी र उनका दुई नावालिक छोरीसमेतलाई जीवनयापन गर्न मदनले मासिक १५ हजार रुपैयाँ लालनपालन खर्च दिनुपर्ने आदेश जारी गरेका थियो । तर हालसम्म एक सुका पनि नपाएको लक्ष्मीको भनाई छ ।
अदालतको फैसला बमोजिम मानाचामल खर्च तथा कान्छी छोरीको जन्मदर्ताका लागि पहल गरिदिन उनले सबै सरोकारवालासँग आग्रह गरेकी छिन् । जनकपुर माइत रहेकी लक्ष्मीले हाल माइतीमै एउटा कोठा भाडामा लिई बसोवास गर्दै आएकी उनी अहिले टोलका केही बालबालिकालाई ट्यूशन पढाएर जसोतसो तीन जनाको परिवार पाल्दै आएकी छिन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/11 पानीको समस्या समाधान गर्न प्रजिअद्वारा स्थलगत निरिक्षणका साथै निर्देशन
- 2082/04/11 कृषि विश्वविद्यालयमा तालाबन्दी
- 2082/04/11 स्व. सिंहको योगदान बारे चर्चा गर्दै सम्झाना
- 2082/04/11 मधुश्राबणीको अवसरमा महिला परिषदले गरे कार्यक्रम
- 2082/04/11 ३१औं “प्रकाश मानव अधिकार पुरस्कार” सुनिलकुमार यादवलाई
- 2082/04/11 चोरी पैठारीका ७४ कार्टुन मदिरा र २८ बोरा कुरमुरे भन्सार बुझाइयो
- 2082/04/11 आदिवासी जनजाती समुदायको परम्परागत खाद्य पहिचान गर्दै अर्थ ब्यवस्था सुदृढ गर्नु पर्छ ः मन्त्री लेखी
- 2082/04/10 करेन्ट लागेर खंग दम्पत्तिसहित एकै दिन तीन जनाको मृत्यु
- 2082/04/10 कम्पनीका मेनेजर १८ दिनदेखि वेपत्ता
- 2082/04/10 तपेश्वरीमा पहिलो पटक मिनि महोत्सव हुँदै
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ