News Category 2080/06/22
ऐतिहासिक परिवर्तन र उपलब्धी जोगाउने जिम्मा मधेश प्रदेश कै हो ः कार्यवाहक अध्यक्ष श्रेष्ठ

दैनिक समाचारदाता
काठमाडौं, २२ असोज ।
जनता समाजवादी पार्टीका कार्यवाहक अध्यक्ष राजेन्द्र श्रेष्ठले मुलुकमा भएका ऐतिहासिक परिवर्तनको उपलब्धीलाई जोगाउने जिम्मा मधेश प्रदेश कै रहेको बताएका छन् ।
प्रेस मञ्च नेपाल सप्तरीद्वारा सोमवार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक अध्यक्ष श्रेष्ठले यस्तो बताउँदै संघियता, धर्मनिरपेक्षता, समावेशिता जस्ता उपलब्धीलाई सुरक्षित राख्नु पर्नेमा जोड समेत दिए ।
पूर्वमन्त्रि समेत रहेका उनले राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ती पार्टी लगायतका नयाँ राजनीतिक दलहरुबाट पनि परिर्वतनको उपलब्धी सुरक्षित हुन नसक्ने दाबीका साथ उनले क्रान्तिभुमीका रुपमा परिचित मधेशले नै उपलब्धीलाई जोगाउन सक्ने बताए ।
जनता समक्ष परिवर्तनको प्रत्याभुती पु¥याउनका लागी स्थायी सरकारका रुपमा रहेको कर्मचारीतन्त्रलाई पनि परिवर्तन गर्नु पर्ने उनको सुझाव छ ।
गौर घट्ना माओवादी क्रान्तिको प्रतिक्रिया स्वरुप घटेको टिप्पणी गर्दै उनले त्यसमा आफुहरुलाई दोषि करार गरे मधेशमा आन्दोलनका क्रममा सरकारसँत भएको सहमतीको समेत उल्लंघन हुने बताए ।
उनले सरकारको गठबन्धनमा रहे पनि हरेक निर्णयमा भने सहभागिता नहुने गरेको बताँउदै पछिल्लो पटक सरकारको निर्णयमा राष्ट्रपतिले गम्भीर अपराधका दोषीको सजाय माफ गर्ने विषयमा समेत आफ्नो पार्टीसँग कुनै छलफल नभएको स्पष्ट पारे ।
धर्मको नाममा द्वन्द नहोस भन्ने उद्देश्यका साथ नै देशमा धर्मनिरपेक्षता कायम भएको वताउँदै श्रेष्ठले प्रतिगामी तत्वहरुले स्वार्थका लागी चलखेल गरी जतिय र धार्मिक द्वन्द सृजना गरिरहेकाले यसलाई रोक्न सबै प्रजातान्त्रिक शक्ति मिलेर अघि बढ्नु आवश्यकता रहेको बताए ।
प्रेस मञ्चका अध्यक्ष भुषण कुमार सिंहको अध्यक्षतमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता मनिष सुमन, प्रतिनिधिीसभा सदस्य नवलकिशोर साह, राष्ट्रियसभा सदस्य मृगेन्द्र कुमार सिह यादव, मधेश प्रदेश महासचिव दिनेश कुमार यादव, राजनीतिक समिती सदस्य अमरनाथ मण्डल, जिल्ला अध्यक्ष केदार यादव लगायतको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ