News Category 2080/06/25
कर्मचारीको पेन डाउनले १८ वटै पालिकाको सेवा प्रभावित
दैनिक समाचारदाता
राजविराज, २४ असोज ।
स्थानीयतहका कर्मचारीले विभिन्न माँग अघि सार्दै “पेन डाउन” गरी धर्नामा बसेपछी सप्तरीका १८ वटै पालिकाको सेवा प्रभावित बनेको छ ।
प्रस्तावित निजामती सेवा ऐनको मस्यौदाप्रति तिब्र असन्तुस्टि जनाउँदै यहाँका स्थानीयतहका कर्मचारीहरु गत १९ असोजदेखि कामकाज रोकी “पेन डाउन” तथा कार्यालय परिसरमै धर्ना दिदै आएका छन् ।
सप्तरीमा ९ नगरपालिका तथा ९ गाउँपालिका छन् । कर्मचारीले प्रत्येक पालिकामा संघर्ष समिति नै बनाएर आन्दोलन अघि बढाएका छन् ।
कर्मचारीले अत्यावश्यक बाहेक सबै सेवा ठप्प पारेपछी सेवाग्राही निराश भई फर्किने गरेका छन् । उनीहरुले चाडवाडको मुखमा गरिएको आन्दोलनले आफुहरु थप मारमा पारेको गुनासो गरेका छन ।
प्रस्तावित ऐनमा स्थानीयतहमा कार्यरत कर्मचारीलाई विभेद गरिएकाले आन्दोलनमा उत्रिन बाध्य भएको राजविराज नगरपालिका स्थानीयतह कर्मचारी संघर्ष समितिका संयोजक मनोज कुमार यादवको भनाई छ । उनका अनुसार प्रस्तावित ऐनमा “संघिय निजामती सेवा, प्रदेश निजामती सेवा र स्थानीय सेवा भन्ने शब्द राखी विभेदकारी नीति निर्माण गर्न लागेकोले कर्मचारी न्यायका लागी आन्दोलनमा उत्रिन बाध्य भएका हुन् ।
संर्घष समितीका सदस्य कल्पना देवले अत्यावश्यक वाहेक सबै सेवा बन्द गरी आन्दोलन गरिरहेको र माँग पुरा नभएसम्म आन्दोलन जारी रहने बताईन ।
कर्मचारीले हातमा कालो पट्टी बाँधेर पेन डाउन र धर्ना कार्यक्रमलाई निरन्तरता दिएका छन् । अन्दोलनरत कर्मचारीले संघिय निजामती सेवा ऐनलाई एकिकृत निजामती सेवा ऐन ल्याएर तीनै तहकै सरकारका क्रियाकलापमा समेत नियमन, नियन्त्रण र रेखदेख गर्न माँग अघि सारेका छन् ।
यसै गरी प्रमुख प्रशासकिय अधिकृत लोक सेवा आयोगबाट सिफारिस भएकै माध्यमबाट रहने गरी स्थानीय निजामती सेवा कै कर्मचारी हुने व्यवस्था हुनु पर्ने, सरुवा प्रणालीलाई सहमतीको आधारमा नभई योग्यता, क्षमता र चक्रिय प्रणालीका आधारमा हुनु पर्ने, विशेष परिस्थितीमा प्रदेशको समन्वयमा अन्तर प्रदेश सरुवाको प्रबन्ध हुनु पर्ने, निजामती अस्पतालमा सबै तहका कर्मचारीलाई समेटिनु पर्ने, स्थानीय तहका कर्मचारीको सेवा सुविधा र वृति विकासका सम्बन्धमा विभेद नभई समानता हुनु पर्ने लगायतका मागँ अघि सारेका छन् ।
यता चाडवाडको मुखमा गरिएको आन्दोलनले सर्वसाधारण मारमा परेको भन्दै अविलम्ब वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न सरकार संग स्थानीयले माँग गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ