News Category 2080/06/25
कर्मचारीको पेन डाउनले १८ वटै पालिकाको सेवा प्रभावित

दैनिक समाचारदाता
राजविराज, २४ असोज ।
स्थानीयतहका कर्मचारीले विभिन्न माँग अघि सार्दै “पेन डाउन” गरी धर्नामा बसेपछी सप्तरीका १८ वटै पालिकाको सेवा प्रभावित बनेको छ ।
प्रस्तावित निजामती सेवा ऐनको मस्यौदाप्रति तिब्र असन्तुस्टि जनाउँदै यहाँका स्थानीयतहका कर्मचारीहरु गत १९ असोजदेखि कामकाज रोकी “पेन डाउन” तथा कार्यालय परिसरमै धर्ना दिदै आएका छन् ।
सप्तरीमा ९ नगरपालिका तथा ९ गाउँपालिका छन् । कर्मचारीले प्रत्येक पालिकामा संघर्ष समिति नै बनाएर आन्दोलन अघि बढाएका छन् ।
कर्मचारीले अत्यावश्यक बाहेक सबै सेवा ठप्प पारेपछी सेवाग्राही निराश भई फर्किने गरेका छन् । उनीहरुले चाडवाडको मुखमा गरिएको आन्दोलनले आफुहरु थप मारमा पारेको गुनासो गरेका छन ।
प्रस्तावित ऐनमा स्थानीयतहमा कार्यरत कर्मचारीलाई विभेद गरिएकाले आन्दोलनमा उत्रिन बाध्य भएको राजविराज नगरपालिका स्थानीयतह कर्मचारी संघर्ष समितिका संयोजक मनोज कुमार यादवको भनाई छ । उनका अनुसार प्रस्तावित ऐनमा “संघिय निजामती सेवा, प्रदेश निजामती सेवा र स्थानीय सेवा भन्ने शब्द राखी विभेदकारी नीति निर्माण गर्न लागेकोले कर्मचारी न्यायका लागी आन्दोलनमा उत्रिन बाध्य भएका हुन् ।
संर्घष समितीका सदस्य कल्पना देवले अत्यावश्यक वाहेक सबै सेवा बन्द गरी आन्दोलन गरिरहेको र माँग पुरा नभएसम्म आन्दोलन जारी रहने बताईन ।
कर्मचारीले हातमा कालो पट्टी बाँधेर पेन डाउन र धर्ना कार्यक्रमलाई निरन्तरता दिएका छन् । अन्दोलनरत कर्मचारीले संघिय निजामती सेवा ऐनलाई एकिकृत निजामती सेवा ऐन ल्याएर तीनै तहकै सरकारका क्रियाकलापमा समेत नियमन, नियन्त्रण र रेखदेख गर्न माँग अघि सारेका छन् ।
यसै गरी प्रमुख प्रशासकिय अधिकृत लोक सेवा आयोगबाट सिफारिस भएकै माध्यमबाट रहने गरी स्थानीय निजामती सेवा कै कर्मचारी हुने व्यवस्था हुनु पर्ने, सरुवा प्रणालीलाई सहमतीको आधारमा नभई योग्यता, क्षमता र चक्रिय प्रणालीका आधारमा हुनु पर्ने, विशेष परिस्थितीमा प्रदेशको समन्वयमा अन्तर प्रदेश सरुवाको प्रबन्ध हुनु पर्ने, निजामती अस्पतालमा सबै तहका कर्मचारीलाई समेटिनु पर्ने, स्थानीय तहका कर्मचारीको सेवा सुविधा र वृति विकासका सम्बन्धमा विभेद नभई समानता हुनु पर्ने लगायतका मागँ अघि सारेका छन् ।
यता चाडवाडको मुखमा गरिएको आन्दोलनले सर्वसाधारण मारमा परेको भन्दै अविलम्ब वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न सरकार संग स्थानीयले माँग गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/30 रोकिएनन् लेखापढीहरुको अनाधिकृत रकम असुली, “दुई हजार पाँचसय देखी पाँच हजार रुँपैया” सम्म लिदै
- 2082/01/30 आमा र भाइले आफुलाई बदनाम गर्न खोजेको जेठो छोराको गुनासो
- 2082/01/30 अनुमति लिएको भन्दा बढी आठ विद्यालयले कक्षा संचालन गर्दै
- 2082/01/30 विभिन्न बहानामा दलितमाथी हुने गरेको विभेद विरुद्ध कारवाहीको माग
- 2082/01/29 कान्छो छोरालाई थाहै नदिई जेठो छोराले आफूलाई समेत झुक्याई ऋण लिएको आमाको आरोप
- 2082/01/29 राजबिराज बसपार्कको एक हप्ता भित्रै उद्घाटन हुने
- 2082/01/29 शान्ति अहिंसालाई सबैले आत्मसात गरेर हिड्न सके मात्र समाज परिवर्तन गर्न सकिन्छ ः मन्त्री लेखी
- 2082/01/28 हटियाको जग्गा पुनः अतिक्रमण
- 2082/01/28 पोखरीको सौन्दर्यकरण तथा भलुवाही खोलाको तटबन्ध निर्माण कार्य सुरु
- 2082/01/28 प्रेस सेन्टरद्वारा दश बुँदे माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ