News Category 2080/06/27
कोशी पीडित समाजको २०औं साधारण सभा सम्पन्न
दैनिक समाचारदाता
राजविराज, २६ असोज ।
दिगो समाजिक बिकासका लागि बिपत उत्थानशिलता क्षेत्रमा कार्य गर्दै आएको कोशी पीडित समाजले २०औ बार्षिक साधारण सभा शुक्रबार सम्पन्न गरेको छ ।
राजबिराजमा आयोजित सभामा संस्थाका सुकदेव चौधरीले जिल्ला बाढी, बिपतवाट प्रभाबित क्षेत्र हनुमाननगर कंकालनी नगरपालिका, सप्तकोशी, कंचनरूप नगरपालिका, तिलाठीकोईलाडी गाउपालिका सहित पालिकाहरूमा बिपत ब्यबस्था प्रतिकार्य, जोखिम न्युनिकरण, खोज उद्वार क्षेत्रमा तथा स्वरोजगार र उधमशिलताका लागि कार्य गर्दै आएको बार्षिक प्रतिवेदन प्रस्तुत गरे ।
संस्थाले बाढी प्रभाबित क्षेत्रका स्थानियवासीहरूलाई स्वरोजगार गरी आयआर्जन गर्न कृषकहरूलाई बिउबिजन, कृषि तालिम, सिचाई ब्यबस्थापनमा सहयोग गरेपछि तरकारी खेती तर्फ आक्रसित हुँदै गएको संस्थाका निर्देशक देव नारायण यादबले जानकारी दिए ।
बार्षिक साधारण सभामा मधेश प्रदेश सरकारका अर्थ तथा योजना समितिका सभापति सतिश कुमार सिंह, सेभ द सप्तरीका अध्यक्ष ध्रुव देव, राजबिराज वडा ३ का सदस्य बिरेन्द्र कुमार साह, समाजसेवी देवनारायण यादब, दाजुभाई ईट्टा ब्यवसायी राजकुमार चौधरी, हनुमानगर नगरपालिका १ का कृषक रामकुमार यादब, शिव बहादुर सुवेदी, नागरिक मंचका संयोजक रामचन्द्र खंग, पत्रकार चन्दन यादब लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
सप्तरी कार्यक्षेत्र बनाउदै समुन्नत समाजको परिकल्पना गर्दै बहुआयमिक क्षेत्रमा संस्था विगत २० वर्षदेखी निरन्तर क्रियाशिल रहदै आएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ