News Category 2080/06/27
बीच सडकमै लाग्ने हाट बजार हटाइयो
दैनिक समाचारदाता
राजविराज, २६ असोज ।
राजविराजस्थित अतिव्यस्त हुलाकी सडक खण्ड अन्तरगत अदालत रोडमा लाग्ने हाट बजार शुक्रबारदेखी कर्मचारी मिलन केन्द्रको परिसरमा सारिएको छ ।
सडकमा हाट बजार नलगाउन विगत दुई महिनादेखी नगरपालिकाबाट मौखिक रुपमा आग्रह गरिएपनि सो आग्रहलाई व्यापारीहरुले वेवास्ता गर्दै आइरहेका थिए ।

शुक्रबार उनीहरुलाई नगरपालिका सरसफाई कर्मचारी र नगर प्रहरीको संयुक्त टोलीको प्रयासमा सडक छेउमै रहेको कर्मचारी मिलन केन्द्रको परिसरमा सारिएको नगरपालिकाका सरसफाई इन्चार्ज रामकुमार यादवले जानकारी दिएका छन् ।
“नगर भित्रकै सडक मध्ये अति व्यस्त यस सडकको छेउमा तरकारी बिक्रि गर्ने व्यापारी र खरीद गर्ने उपभोक्ताको निकै भिड लाग्ने गरेको हुन्छ । जसकारण यातायातका साधनहरुको आवतजावतमा निकै कठिनाई भइरहेको थियो ।” उनले भने, “सडक जाम हुँदा दुर्घटनाको सम्भावना समेत बढेको र चौतर्फि गुनासो आएपछि नगरपालिकाको निर्णय अनुसार सडक खुल्ला गर्न हटिया सारिएको हो ।”
विगतमा यस सडक खण्डमा पशु हाट लाग्ने गथ्र्यो । हुलाकी मार्ग निर्माणपछि बीच सडकमै तरकारी बजार लाग्दा दुर्घटनाको सम्भावना समेत बढ्दै गएको हो । मालपोत कार्यालय, दुई वटा अदालत, जिल्ला प्रशासन कार्यालय लगायतका सरकारी कार्यालय रहेको यस स्थानमा सेवाग्राहीका साथै यातायातका साधनहरुको बढी चाप हुनेगर्छ ।
हाल राजविराज हटिया पुर्ननिर्माणको क्रममा रहेकोले विगत तीन वर्षदेखी हटिया बजार अतिव्यस्त अदालत रोडमै लाग्ने गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ