News Category 2080/06/27
महिलाहरु अझै उपेक्षित ः सहमहामन्त्री डिना

राजविराज÷नेपाली काँग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय “डिना” ले संविधानमा महिलालाई धेरै हकअधिकार दिएपनि प्रभावकारी कार्यान्वयन हुन नसक्दा महिलाहरु अझै उपेक्षित नै रहेको बताएकी छिन् ।
नेपाल प्रेस युनियन सप्तरी शाखाद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नेपालको संविधानले महिलालाई धेरै हकअधिकार दिएको तर, कार्यान्वयन पक्ष कमजोर हुँदा अपेक्षाकृत अधिकार महिलाले अझै पाउन नसकेको गुनासो पोखिन ।
उनले संविधानमा भएको व्यवस्थालाई प्रभावकारी ढंगले कार्यान्वयनमा ल्याउन नेपाली काँग्रेसले पनि आफ्नो विधान संशोधन गरि महिला सहभागिता बढाउन आवश्यक पहल थालेको जानकारी दिँदै उक्त पहलले सार्थकर्ता पाउने विश्वास समेत व्यक्त गरिन् । उनले संविधानमा भएको महिला मैत्री व्यवस्थाहरुलाई कानुनको रुप दिन छिट्टै सदनमा प्रस्ताव लैजाने तयारी गरिएको जानकारी पनि दिइन् ।
गठबन्धनको राजनीतिका कारण पनि निर्वाचनमा चाहे अनुसारको महिला उम्मेदवारी पर्न नसकि अवसरबाट बञ्चित हुने गरेको जिकिर गर्दै उनले आ–आफ्नो हैसियत अनुसार दलहरुले पनि उम्मेदवारी दिन सके महिलाप्रति न्याय हुने र महिला प्रतिनिधिको पनि उपस्थिति बढ्ने बताइन् ।
पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका प्रदेश सहमहामन्त्री बिन्दु यादव, निवर्तमान प्रदेश सभा सदस्य गिता यादव, जिल्ला सभापति रामदेव साह, उपसभापति रामकुमार यादव, सचिव सनत मण्डल, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य मिथिलेश यादव लगायतकाको पनि उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ