News Category 2080/06/28
जनज्योतीमा पुनः मण्डल सर्वसम्मत
दैनिक समाचारदाता
राजविराज, २८ असोज ।
जनज्योति कृषि सहकारी संस्था राजविराज ९ मलेठको शनिबार सम्पन्न १२औं वार्षिक साधारण सभाबाट विश्वनाथ मण्डलको अध्यक्षतमा नयाँ संचालक समिति सर्वसम्मतीबाट चयन भएको छ ।
सम्पन्न संस्थाको बार्षिक साधारण सभा तथा चौथो अधिवेशनको बन्द सत्रबाट पुनः अध्यक्षमा मण्डल सहित नयाँ संचालक समिति चयन भएको हो ।
समितिको संचालक सदस्यहरूमा डम्बरनारायण यादव, मनोज यादव, सुरेन्द्र यादव, सागरनन्द वर्मा, शान्तिदेवी यादव र मो. हुसेन चयन भएका छन् ।
त्यसैगरी संस्थाको लेखा समिति संयोजकमा बलराम यादव तथा सदस्यहरूमा विजय मेहता र श्याम दास निर्विरोध निर्वाचित भएका हुन् । संस्थाको साधारण सभामा १९ जना शेयर सदस्यलाई विभिन्न विधामा सम्मान गरिएको छ ।
यसअघि सम्पन्न साधारण सभामा अध्यक्ष मण्डलले अध्यक्षीय प्रतिवेदन पेश गर्दै संस्थामा ५ सय ५३ महिला र ७ सय २७ पुरुष गरि कुल १ हजार २ सय ८० शेयर सदस्यबाट २ करोड ५० लाख २५ हजार ४ सय शेयर पूँजी रहेको जानकारी दिए ।
संस्थाका कोषध्यक्ष मनोज कुमार यादवद्वारा प्रस्तुत कोषाध्यक्षीय प्रतिवेदनमा संस्थाको कूल सम्पत्ति २० करोड ६३ लाख ४५ हजार ६३ रुँपैया, ऋण लगनी १४ करोड ९७ लाख ७४ हजार १ सय ९६ रुँपैया ७२ पैसा रहेको प्रतिवेदनमा उल्लेख छ ।
संस्था जिल्ला सहकारी संघ लि.सप्तरी, जिल्ला कृषि सहकारी संघ लि.सप्तरी, राष्ट्रिय सहकारी बैँक काठमाडौँ, नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. काठमाडौँ, कृषि सामग्री कम्पनि र साल्ट टे«डिङ कर्पोरेशनसँग आवद्धता रहेको संस्थाले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ