News Category 2080/07/01
प्रदर्शनकारीले एम्बुलेन्सलाई फर्काउँदा उपचार नपाएर गयो बालकको ज्यान
दैनिक समाचारदाता
राजविराज १, कात्तिक ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकामा बुधबार प्रदर्शनकारीहरुले गम्भिर बिरामी परेका एक बालकलाई लिन हिडेको एम्बुलेन्सलाई बीच बाटोबाटै फर्काउदा समयमा उपचार नपाएर बालकको ज्यान गएको छ ।
समयमा उपचार नपाएर वडा नं. ६ औरहीका १४ वर्षिय बालक गौतमकुमार साहको ज्यान गएको हो ।
मृतक बालकका बुबा रामकृष्णका अनुसार बुधबार बिहान ११ बजेतिर अचानक गौतम बिरामी परेका थिए । अवस्था गम्भिर देखिएपछि उपचारका लागि बाहिर लैजान उनले डाक्नेश्वरी नगरपालिकामा रहेको एम्बुलेन्स बोलाएका थिए । एम्बुलेन्स चालक रामजतन मुखियाँ तत्कालै बिरामी बालक लिन एम्बुलेन्स लिएर त्यसतर्फं जाँदा नगरपालिका कार्यालयबाट २ सय मिटर दुरीमा मात्र पुग्दा अचानक गाउँकै पोखरीको ठेक्का विवादलाई लिएर प्रदर्शनमा उत्रेका प्रदर्शनकारीहरुले एम्बुलेन्सलाई रोके ।
आफू बिरामी लिन हिडेको जति सम्झाउँदा बुझाउँदा पनि प्रदर्शनकारीले मानेनन्, चालक मुखियाले भने उल्टै म माथी हातपात गर्दै एम्बुलेन्स नै तोडफोड गर्न थालेपछि बीच बाटो बाटै फर्किन बाध्य भएको बताए ।
उनले सय डेढसयको संख्यामा रहेका प्रदर्शनकारीले बाटो नै जाम गरिदिएको र कुनै पनि हालतमा जान नदिने अडान राख्दै आक्रमणमा उत्रेपछि आफू फर्किन बाधय भएको सुनाए ।
डाक्नेश्वरी नगरपालिकाका नगर प्रमुख रामलखन मुखियाले प्रदर्शनकारीहरु अराजक तथा अमानविय शैलीमा प्रस्तुत हुँदा समयमै उपचार नपाई एक बालकको ज्यान गएको बताए । उनले नगरकै एक पोखरी ठेक्का सम्बन्धी विवादमा एक पक्षले अराजकता मच्याउँदै नगरपालिकाको कार्यालय भवनमा समेत ढुंगामुढा गरेको बताए ।
मृत्यु भएका बालकको शव स्थानीय गजेन्द्र नारायण सिंह अस्पताल पु¥याई घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यता प्रदर्शनकारीले एम्बुलेन्सलाई समेत रोकेर गम्भिर अपराध गरेको भन्दै स्थानीयले प्रदर्शनकारीको पहिचान गरि कडा कारवाहीको माग गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ