News Category 2080/07/02
पत्रकार साहलाई हातपात गर्ने पक्राउ
दैनिक समाचारदाता
राजविराज, २ कात्तिक ।
नेपाल प्रेस युनियन शाखा सप्तरीका केन्द्रीय पार्षद संजिवबिक्रम साहलाई हातपात गर्ने जनमत पार्टीका कार्यकर्ता बिहीबार साँझ पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा नेपाल पत्रकार महासंघका सभापति श्रवणकुमार देव, सचिव रामनारायण विश्वास, केन्द्रिय सदस्य ललिता साह, युनियनका सभापति बिनयलाल कर्णसँगै गएका पत्रकार साहले लिखित उजुरी दिएपछि प्रहरीले जनमत पार्टीका कार्यकर्ता अमरेन्द्र यादव र अनिल यादवलाई पक्राउ गरेको हो ।
जिल्लाको डाक्नेश्वरी नगरपालिकामा पोखरी ठेक्का विवादको क्रममा स्थानियहरुले गरिरहेको आन्दोलनमा रिपोर्टिङ गर्न गएका रेडियो नेपालका सप्तरी सम्वाददाता तथा माई सञ्चार डटकमका संचालक, नेपाल पत्रकार महासंघ सप्तरीका सदस्य समेत रहेका पत्रकार साहलाई हातपात बुधबार साँझ उनीहरुले हातपात गरेका थिए ।
यसैबीच नेपाल प्रेस युनियन सप्तरीका सचिव रामानन्द देवद्वारा बिहीबार विज्ञप्ति जारि गर्दै प्रेस स्वतन्त्रता प्रति प्रतिबद्धता जनाएका राजनीतिक दलकै कार्यकर्ताबाट पत्रकार असुरक्षित हुनु दुःखद र निन्दनीय रहेको भन्दै विज्ञप्तिमा रिपोर्टिङ गर्न गएका पत्रकारमाथि हातपात गरिएको घट्नाको घोर भत्सर्ना गरिएको छ ।
विज्ञप्तिमा घट्नाले प्रेस स्वतन्त्रताको धज्जी उडाएको ठहर गर्दै प्रेस स्वतन्त्रता विरोधी एवं निर्विवाद रुपमा समाचार संकलन गर्न पाउनु पर्ने पत्रकारको स्वतन्त्र अधिकार हनन् गरिएको घट्नामा संलग्नहरुलाई अविलम्ब छानविनको दायरामा ल्याई कड़ा कारवाही गर्न सम्बन्धित निकाय र सरोकारवालसँग माग गरिएको छ ।
यस्तै नेपाल पत्रकार महासंघ केन्द्रिय महासचिव रोशन पुरीले बिहीबार विज्ञप्तिमार्फत पत्रकारलाई हातपात गर्ने कार्यको भत्र्सना गर्दै दोषिलाई पक्राउ गरि कारवाहीको माग गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ