News Category 2080/07/02
मधेश प्रदेशलाई २२ जिल्लामा बिस्तार गर्न अभियान चलाउने ः नेता महतो
दैनिक समाचारदाता
राजविराज, २ कात्तिक ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले आठ जिल्लामा सीमित मधेस प्रदेश अब मेचीदेखी महाकालीसम्म २२ जिल्लाको अधिकार सम्पन्न मधेस प्रदेशमा बिस्तार गर्न अभियान चलाउने बताएका छन् ।
लोसपा नेपाल जिल्ला कमिटि सप्तरीद्वारा राजविराजमा बिहीबार आयोजित विजया दशमी, शुभ दिपावली एवम् छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले भने “आठ जिल्लामा सीमित प्रदेशको नामकरण त गरियो बास्तबमा ८ जिल्ला मात्रै मधेस प्रदेश हो, हामी कदापि यसलाई स्वीकार्दैनौं ।” उनले गजेन्द्रनारायण सिंहको भुमि सप्तरीबाटै मधेसवाद नाराका साथ मेची महाकाली अभियान कार्यक्रमको घोषणा साथ अगाडी बढ्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।
नेता महतोले संघियता आएको ७ बर्षको अवधीमा कुनै न कुनै माध्यमबाट जिल्लामा सिडियो र एसपी नै हावी रहेकोले सबै निकाय संघीय सरकारकै कन्ट्रोलमा रहेको कुरा संबिधानको बिरुद्ध रहेको आरोप लगाए ।
उनले संबिधानमा उल्लेखित कृषि ज्ञानकेन्द्र, मालपोत कार्यालय र नापी कार्यालय सबै स्थानीय तहमार्फत नै हुनुपर्ने उल्लेख भएपनि हाल संघीय सरकारकै अधिनमा रहनु दुःखद रहेको बताए । नेता महतोले ७० बर्षमा ७ वटा संविधान बने पनि मधेसी, आदिवासी, जनजाति, मुस्लिम लगायत वर्गहरुले हालसम्म पनि अधिकारबिहीन रहेको उल्लेख गरे ।
जिल्ला अध्यक्ष सुनिलकुमार झाको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति सप्तरीका उपप्रमुख शम्भु कुमार यादब, पुर्व सांसद चन्द्रकान्त चौधरी, रुपनी गाउँपालिका अध्यक्ष दिनेश यादब, छिन्मस्ता गाउँपालिका अध्यक्ष बिद्यानन्द चौधरी, महदेवा गाउँपालिका अध्यक्ष सुनिल कुमार मण्डल, राजविराजका निवर्तमान नगरप्रमुख शम्भु यादब, निवर्तमान नगरउपप्रमुख साधना झा लगायत पार्टीका नेता कार्यकर्ता उपस्थित रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ