News Category 2080/07/02
मधेश प्रदेशलाई २२ जिल्लामा बिस्तार गर्न अभियान चलाउने ः नेता महतो
दैनिक समाचारदाता
राजविराज, २ कात्तिक ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले आठ जिल्लामा सीमित मधेस प्रदेश अब मेचीदेखी महाकालीसम्म २२ जिल्लाको अधिकार सम्पन्न मधेस प्रदेशमा बिस्तार गर्न अभियान चलाउने बताएका छन् ।
लोसपा नेपाल जिल्ला कमिटि सप्तरीद्वारा राजविराजमा बिहीबार आयोजित विजया दशमी, शुभ दिपावली एवम् छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले भने “आठ जिल्लामा सीमित प्रदेशको नामकरण त गरियो बास्तबमा ८ जिल्ला मात्रै मधेस प्रदेश हो, हामी कदापि यसलाई स्वीकार्दैनौं ।” उनले गजेन्द्रनारायण सिंहको भुमि सप्तरीबाटै मधेसवाद नाराका साथ मेची महाकाली अभियान कार्यक्रमको घोषणा साथ अगाडी बढ्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।
नेता महतोले संघियता आएको ७ बर्षको अवधीमा कुनै न कुनै माध्यमबाट जिल्लामा सिडियो र एसपी नै हावी रहेकोले सबै निकाय संघीय सरकारकै कन्ट्रोलमा रहेको कुरा संबिधानको बिरुद्ध रहेको आरोप लगाए ।
उनले संबिधानमा उल्लेखित कृषि ज्ञानकेन्द्र, मालपोत कार्यालय र नापी कार्यालय सबै स्थानीय तहमार्फत नै हुनुपर्ने उल्लेख भएपनि हाल संघीय सरकारकै अधिनमा रहनु दुःखद रहेको बताए । नेता महतोले ७० बर्षमा ७ वटा संविधान बने पनि मधेसी, आदिवासी, जनजाति, मुस्लिम लगायत वर्गहरुले हालसम्म पनि अधिकारबिहीन रहेको उल्लेख गरे ।
जिल्ला अध्यक्ष सुनिलकुमार झाको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति सप्तरीका उपप्रमुख शम्भु कुमार यादब, पुर्व सांसद चन्द्रकान्त चौधरी, रुपनी गाउँपालिका अध्यक्ष दिनेश यादब, छिन्मस्ता गाउँपालिका अध्यक्ष बिद्यानन्द चौधरी, महदेवा गाउँपालिका अध्यक्ष सुनिल कुमार मण्डल, राजविराजका निवर्तमान नगरप्रमुख शम्भु यादब, निवर्तमान नगरउपप्रमुख साधना झा लगायत पार्टीका नेता कार्यकर्ता उपस्थित रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ