News Category 2080/07/02
कमला नदीमा तत्काल डाइभर्सन निर्माण गरि संचालनमा ल्याइने ः भौतिक पूर्वाधार मन्त्रि यादव
दैनिक समाचारदाता
राजविराज, २ कात्तिक ।
मधेश प्रदेशका भौतिक पूर्वाधार मन्त्रि कृष्ण प्रसाद यादवले हुलाकी राजमार्ग अन्तरगत कमला नदीमा तत्काल डाइभर्सन निर्माण गरि संचालनमा ल्याइने बताएका छन् ।
बिहीबार राजविराजस्थित पूर्वाधार विकास कार्यालय सप्तरीको उद्घाटन गर्दै मन्त्रि यादवले यस्तो बताएका हुन् । उनले हुलाकी राजमार्गहुँदै प्रदेश राजधानी जनकपुर जान कमला नदीमा भासिएको पुलका कारण निकै कठिनाई भइरहेकोले तत्काल डाइभर्सन निर्माण गरिने बताए ।
पुल निर्माणका लागि प्रदेश सरकारले पहल गरिरहेको जानकारी दिँदै मन्त्री यादवले मधेशको लाइफ लाइन मानिएको हुलाकी राजमार्ग निर्माणको प्रक्रिया अन्तिम चरण पुगेको बताए ।
विगतका सहरी विकास डिभिजन कार्यालयले सिरहा र सप्तरी दुबै जिल्लाको भौतिक निर्माणका कार्यहरु हेर्ने गरेकोले अब उपरान्त कार्यालयको नाम परिवर्तन भएपछि निर्माण भएको पूर्वाधार कार्यालयले सप्तरी जिल्लाका भौतिक निर्माणका कार्यहरु मात्र हेर्ने जानकारी दिए । यस कार्यालयले एउटा जिल्ला मात्रको कामहरु हेर्ने भएकाले छिटो, छरितो काम समेत हुने उनले विश्वास व्यक्त गरे ।
उद्घाटन समारोहमा मधेश प्रदेशका भूमी, व्यवस्था तथा कृषि सहकारी मन्त्री गोबिन्द बहादुर न्यौपानेले मधेश प्रदेशलाई कृषि क्षेत्रमा उत्पादनमुखी बनाउन ठूलो योजना ल्याउन लागेको जानकारी दिए । उनले प्रदेशमा कृषि बाहेक अन्य प्राकृतिक श्रोत नरहेकाले उत्पादनमूखी कृषि भए मधेश प्रदेशले फड्को मार्ने जिकिर गरे ।
भौतिक पूर्वाधार मन्त्रालयका सचिव अशोक साहको अध्यक्षतामा आयोजित कार्यक्रममा कार्यालय प्रमुख, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ