News Category 2080/07/02
कमला नदीमा तत्काल डाइभर्सन निर्माण गरि संचालनमा ल्याइने ः भौतिक पूर्वाधार मन्त्रि यादव

दैनिक समाचारदाता
राजविराज, २ कात्तिक ।
मधेश प्रदेशका भौतिक पूर्वाधार मन्त्रि कृष्ण प्रसाद यादवले हुलाकी राजमार्ग अन्तरगत कमला नदीमा तत्काल डाइभर्सन निर्माण गरि संचालनमा ल्याइने बताएका छन् ।
बिहीबार राजविराजस्थित पूर्वाधार विकास कार्यालय सप्तरीको उद्घाटन गर्दै मन्त्रि यादवले यस्तो बताएका हुन् । उनले हुलाकी राजमार्गहुँदै प्रदेश राजधानी जनकपुर जान कमला नदीमा भासिएको पुलका कारण निकै कठिनाई भइरहेकोले तत्काल डाइभर्सन निर्माण गरिने बताए ।
पुल निर्माणका लागि प्रदेश सरकारले पहल गरिरहेको जानकारी दिँदै मन्त्री यादवले मधेशको लाइफ लाइन मानिएको हुलाकी राजमार्ग निर्माणको प्रक्रिया अन्तिम चरण पुगेको बताए ।
विगतका सहरी विकास डिभिजन कार्यालयले सिरहा र सप्तरी दुबै जिल्लाको भौतिक निर्माणका कार्यहरु हेर्ने गरेकोले अब उपरान्त कार्यालयको नाम परिवर्तन भएपछि निर्माण भएको पूर्वाधार कार्यालयले सप्तरी जिल्लाका भौतिक निर्माणका कार्यहरु मात्र हेर्ने जानकारी दिए । यस कार्यालयले एउटा जिल्ला मात्रको कामहरु हेर्ने भएकाले छिटो, छरितो काम समेत हुने उनले विश्वास व्यक्त गरे ।
उद्घाटन समारोहमा मधेश प्रदेशका भूमी, व्यवस्था तथा कृषि सहकारी मन्त्री गोबिन्द बहादुर न्यौपानेले मधेश प्रदेशलाई कृषि क्षेत्रमा उत्पादनमुखी बनाउन ठूलो योजना ल्याउन लागेको जानकारी दिए । उनले प्रदेशमा कृषि बाहेक अन्य प्राकृतिक श्रोत नरहेकाले उत्पादनमूखी कृषि भए मधेश प्रदेशले फड्को मार्ने जिकिर गरे ।
भौतिक पूर्वाधार मन्त्रालयका सचिव अशोक साहको अध्यक्षतामा आयोजित कार्यक्रममा कार्यालय प्रमुख, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ