News Category 2080/07/04
पत्रकारलाई कुटपिट गर्ने जनमतका कार्यकर्तालाई रिहा गरेको भन्दै पत्रकार महासंघको गम्भिर ध्यानाकर्षण

दैनिक समाचारदाता
राजविराज, ३ कात्तिक ।
नेपाल पत्रकार महासंघसँग कुनै समन्वय नै नगरि पत्रकारलाई कुटपिट गर्ने जनमत पार्टीका दुई जना कार्यकर्ताहरुलाई प्रहरीले रिहा गरेकोप्रति महासंघको गम्भिर ध्यानाकर्षण भएको छ ।
महासंघका सप्तरी सभापति श्रवणकुमार देव र सचिवरामनारायण विश्वासले शुक्रबार एक विज्ञप्ति जारि गर्दै उक्त ध्यानाकर्षण भएको जनाउँदै प्रहरीले कारबाही बिना रिहा गरेको काम स्वतः कानून विपरित हुन गएको ठहर गरेको छ ।
विज्ञप्तिमा ड्युटिमा खटिएको नेपाल प्रहरीका प्रहरी निरीक्षककै उपस्थितीमा पत्रकार शाहमाथि कुटपिट भएको अवस्थामा प्रहरी प्रतिवेदनकै आधारमा कानूनी कारबाही अगाडी बढाउनुपर्नेमा पीडित पक्षले उजुरी दिंदा पनि उनीहरुलाई रिहा गरिएप्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ ।
जिल्लाको डाक्नेश्वरी नगरपालिकामा कात्तिक १ गते पोखरी ठेक्का विवादमा भईरहेको आन्दोलन सम्बन्धी समाचार संकलन गर्न पुगेका नेपाल पत्रकार महासंका सदस्य एवंरेडियो नेपालका सम्वाददाता संजिवविक्रम शाहमाथि जनमत पार्टीका कार्यकर्ता अमरेन्द्र यादवर अनिल यादवले कुटपिट गरेका थिए ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीको अगुवाईमा प्रमुख जिल्ला अधिकारीर जिल्ला प्रहरी प्रमुखसँगको छलफलपछि पत्रकार साहले उजुरी दिएपछि बिहीबार साँझ प्रहरीले दुबै जनालाई पक्राउ गरेको थियो ।
अर्कोतर्फ, जनमत पार्टीका स्थानीय नेताहरु जसरी पनि आरोपी आफ्ना कार्यकर्तालाई रिहा गराउन देखाएको भूमिकाले उक्त पार्टी प्रेस स्वतन्त्रता विरोधी देखिएको ठहर गरिएके छ । दोषी ब्यक्तिहरु प्रहरी नियन्त्रण बाहिर भएपछि पत्रकार साह अहिले असुरक्षितसमेत भएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा असुरक्षित पत्रकार साहलाई सुरक्षाको बन्दोवस्त गरी कुटपिटमा संलग्न दुवै जनामाथि कानून बमोजिम कारबाही नगरिए नेपाल पत्रकार महासंघ संघर्षमा उत्रिने जानकारी समेत गराइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ