News Category 2080/07/09
६ सय तीन वटा राँगाको बलि प्रदान
दैनिक समाचारदाता
राजविराज, ९ कात्तिक ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहस्थित कंंकालिनी भगवती मन्दिरमा बडा दशैको अवसरमा महानवमीका दिन ६ सय तीन वटा रांगाको बलि प्रदान गरिएको छ । गत वर्ष भन्दा ६६ वटा कम बली प्रदान भएको हो । गत वर्ष यहाँ ६ सय ६९ वटा रांगाको बली प्रदान भएको थियो ।
रांगा बलिकालागि मन्दिर विकास समितिले अपनाएको गोलाप्रथा विधिबाट एक नम्बरमा स्थानीय मनिषष्स् (छोटु) झाको रांगा बलि प्रदान भएको थियो ।
रांगा बलिअघि हुने संकलप पुजाको अवसरमा स्थानीयबासिन्दा एवं नागरिक समाज काठमाडौंका अगुवा गणेशकुमार मण्डलको सक्रियतामा नेपाली सेनाको हेलिकोप्टरबाट पुष्पबृष्टि अर्थात् फुल बर्साईएको थियो ।
बली प्रदानको लागि बिभिन्न जिल्ला तथा छिमेकी मुलुक भारतका बिहार राज्यबाट आएका अन्य ब्यक्तिहरुको रांगालाई बलि दिने कार्य सुरु गरिएको थियो ।
यस्तै कंकालिनी भगवती मन्दिरमा घटस्थापनादेखि महानमवीसम्म करिब ४१ हजारको हाराहरीमा खशीबोकाको समेत बलि दिएको छ ।
दुई वर्ष अघि भने कङ्कालिनी मन्दिरमा सात सय ४४ राँगाको बलि दिइएको थियो । साथै तीन वर्ष अगाडि कोरोना माहामारीका बेला कङ्कालिनी भगवती मन्दिरमा तीन सय ८५ राँगा र हजारौँको सङ्ख्यामा खसीबोको बलि दिएको थियो ।
आफ्नो मनकामना एवं भाकल पूरा भएपछि नेपालको विभिन्न जिल्ला र छिमेकी राष्ट्र भारतको विहार राज्यअन्तर्गतका विभिन्न जिल्लाबाट पनि राँगाको बलि दिन यहाँ भक्तजन आउने गरेको मन्दिर विकास समितिले जनाएको छ ।
प्रत्येक वर्ष विजयी दशमीका अवसरमा महानमवीका दिन यहाँको मन्दिरमा राँगा, खसीबोका र परेवाको बलि दिने चलन रहेको छ ।
नेपालको सप्तरी जिल्लासहित सिरहा, धनुषा, उदायपुर, सुनसरी मोरङ, झापा र छिमेकी राष्ट्रिय भारतको विहार राज्यको सुपोल, मधुवनी अररियालगायतका ठाउँबाट लाखौँको सङ्ख्यामा आएका दर्शनार्थी यस मन्दिरमा यस वर्ष पनि विगतकै जस्तो भीड लागेको थियो ।
त्यस्तै सप्तरीकै प्रसिद्ध छिन्नमस्ता भवती मन्दिरमा पनि घटस्थापनादेखि महानमवीसम्ममा करिब ३५ हजारको हाराहारीमा खसी बोकाको बलि दिइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ