News Category 2080/07/10
नेकपा एकिकृत समाजवादीद्वारा शुभकामना आदान प्रदान
दैनिक समाचारदाता
राजविराज, १० कात्तिक ।
नेकपा एकीकृत समाजवादी पार्टी सप्तरीले वडा दशैं, दिपावली एवं छठ पर्वको अवसरमा शुक्रबार शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रमका वक्ताहरुले मेची महाकाली अभियानका कारण पार्टीप्रति जनताको विश्वास बढेको जिकिर गर्दै पार्टीको सदस्यता समेत बढेको उल्लेख गरे ।
पार्टीका जिल्ला अध्यक्ष प्रताप नारायण चौधरीको अध्यक्षता तथा पार्टीका स्थायी कमिटि सदस्य रामप्रित पासवानको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा मधेश प्रदेशका भूमि व्यवस्था तथा सहकारी मन्त्री गोबिन्द बहादुर न्यौपाने, जनकपुर रेलवेका महाप्रबन्धक निरन्जन झा, पार्टीका केन्द्रिय सदस्य उषा पोखरेल, केन्द्रिय सल्लाहकार समिति सदस्य नथुनी दास, केन्द्रिय प्रचार विभाग सचिव प्रकाश खतिवडा, आदिवासी जनजाती महासंघका सचिव पृथ्वीचन्द चौधरी, अखिल नेपाल किसान महासंघका केन्द्रिय सदस्य नरसिंह प्रसाद चौधरी, अखिल नेपाल महिला संघका जिल्ला कोषाध्यक्ष चन्द्रकला चौधरी, पार्टीका जिल्ला सचिव शम्भु यादव, जिल्ला सदस्य जयप्रकाश यादव, बुद्धिजिवि परिषद्का जिल्ला सल्लाहकार सुरेन्द्र प्रसाद गुप्ता, वरिष्ठ पत्रकार अनिल कुमार अनल, पत्रकार सतिश दत्त लगायतले शुभकामना व्यक्त गरेका थिए ।
सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका सोनाई दास, बिन्दु यादव र सुमित्रादेवी मण्डललाई प्रमुख अतिथि पासवानले गम्छा ओढाई स्वागत गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ