News Category 2080/07/11
मधेश प्रदेशमा शिक्षाको स्तर उकास्न आवश्यक गृहकार्य अघि बढेको छ ः मन्त्री यादव
राजविराज÷मधेश प्रदेशका शिक्षा मन्त्री महेश प्रसाद यादवले शिक्षाको विकास विना प्रदेशको विकास सम्भव नरहेको भन्दै शिक्षाको स्तर उकास्न आवश्यक गृहकार्य अघि बढेको जनाएका छन् ।
बागेश्वरी सेवा समितीको वार्षिक साधारण सभाको उदघाटन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् । मन्त्री यादवले चार वर्ष भित्र मधेश प्रदेशलाई पुर्ण साक्षर बनाउने गरी गृहकार्य अघि बढेको समेत जानकारी दिदै मधेश प्रदेशमा पचास प्रतिशतमा मात्र पहुँच भएको शिक्षालाई सय प्रतिशतमा पु¥याउने लक्ष्यका साथ काम सुरु भईसकेको बताए ।
बागेश्वरी सेवा समितिका अध्यक्ष इन्जिनियर इन्द्र नारायण देवले समाजिक विकृतीका रुपमा रहेको दाईजो कुप्रथा र बाल विवाह न्यूनीकरणका लागी संस्थाले समय समयमा जनचेतनामूलक कार्यक्रमका साथै विभिन्न समाजिक गतिविधी संचालन गरेको र समाजमा त्यसको सरकारात्मक प्रभाव देखिएको बताए । यस्ता कार्यक्रमले दाइजो र बालविवाहबाट समाजमा हुने गरेको क्षती विगतको तुलनामा केही घटेको समेत उनले दाबी गरे ।
कार्यक्रममा संस्थाको विधान अनुसार संरक्षक सदस्यताका लागी जनही १÷१ लाख शुल्क तिरेर नयाँ संरक्षक सदस्यता प्राप्त गरेका १२ जनालाई प्रमुख अतिथी मन्त्री यादवले प्रमाण पत्र प्रदान गरेका थिए ।
नयाँ संरक्षक सदस्यता ग्रहण गर्नेहरुमा समाजसेवी तेजनारायण देव, जितेन्द्र नारायण देव, दिनेश प्रसाद देव, कृष्णानन्द देव, राधेश्याम रमण, धु्रव प्रसाद देव, सचिन्द्र कुमार देव, मनोज देव, निरज कुमार चौधरी, योगेन्द्र प्रसाद देव, कृति नारायण देव र मिरा देव रहेको संस्थाले जानकारी दिएको छ ।
कार्यक्रममा प्रदेश सभासदस्य सतिश कुमार सिंह, भवानी सेवा समितीका अध्यक्ष प्रताप नारायण चौधरी, विराट देव सेवा समितीका अध्यक्ष राजेन्द्र प्रसाद देव, देव समाजका अध्यक्ष राकेश देव, पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव, मैथिल सेवा समिती विराटनगरकी अध्यक्ष फुल कुमारी देव लगायतले शुभकामना दिएका थिए ।
सो अवसरमा एसइइ र प्लस टुमा उत्कृष्ट अंक ल्याउने छात्र छात्राहरुलाई पुरस्कृत गर्नुका साथै समाजसेवी उग्री नारायण देवद्वारा लिखित “सोह्रश्राद्ध” नामक पुस्तकको विमोचन समेत गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ