News Category 2080/07/13
बजार अनुगमनलाई निरन्तरता
दैनिक समाचारदाता
राजविराज, १३ कात्तिक ।
जिल्ला प्रशासन कार्यालय सप्तरी नेतृत्वको संयुक्त बजार अनुगमन टोलीले सोमबार पनि निरन्तरता दिएको छ ।
बजारमा चाडपर्व लक्षित गरेर म्याद गुज्रेको, गुणस्तरहिन, लेवल नभएका लगायतका वस्तु बिक्रिी गर्न सक्ने कुरालाई ध्यानमा राखेर बजार अनुगमन जारी राखिएको हो ।
यसै क्रममा सोमवार जिल्लाको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिर आसपासका बजारमा टोलीले अनुगमन गरेको छ ।
जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा शुशिल कर्ण, खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय सप्तरीका प्रमुख सुरेश सिह, खाद्य निरीक्षक राजीन बुढाथोकी नेपाल प्रहरीका सई विजय गौतम, सशस्त्र प्रहरीका हवल्दार राज खडका, जयराम मण्डल, स्थानीय जनप्रतिनिधी र संचारकर्मी उक्त टोलीमा सहभागी छन् ।
अनुगमनका क्रममा मन्दिर नजिकै रहेको मिथिला प्रसाद भण्डारबाट ढुसी परेका २४ केजी लडु र २ केजी पेडा बरामद गरी नष्ट गरिएको छ । यस्तै मुकेश नास्ता एण्ड कोल्ड स्टोर तथा अर्जुन होटल एण्ड मदिरा पसलबाट ढुसी परेका प्रसाद समाग्री तथा म्याद गुज्रेका एक दर्जन चिसो पेय पर्दाथका बोतलहरु जफत गरी नस्ट गरिएको खाद्य निरिक्षक बुढाथोकिले जानकारी दिए ।
बजारमा म्याद गुज्रेका सडेगलेका, लेवल नभएका, मूल्यमा एकरुपता नदेखिएका, पसल दर्ता नभएका, नविकरण नगराएका लगायतका समस्या देखिए पछी अनुगमनलाई निरन्तरता दिइएको खाद्य प्रविधी तथा गुणनियन्त्रण डिभिजन कार्यालयका प्रमुख सिहको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ