News Category 2080/07/14
तलबका लागि मदरसामा तालाबन्दी
दैनिक समाचारदाता
राजविराज, १४ कात्तिक ।
राजविराज वडा नं. १ चनौरा पडरियास्थित आशीमियाँ दारुलउलम मदरसामा तलब नपाएको भन्दै मंगलबार तालाबन्दी गरिएको छ । प्रधानाध्यापक र शिक्षकहरुको अगुवाईमा तालाबन्दी गरिएको हो ।
नगरपालिकाले दिएको थोरै अनुदान रकमका आधारमा न्युनतम तलब लिएर पनि काम गर्दै आएका शिक्षक÷शिक्षिकाहरुले मदरसा व्यवस्थापन समितिका अध्यक्ष आसिन मियाँको हठका कारण विगत तीन महिना देखि तलब खान नपाएको गुनासो गर्दै आन्दोलनमा उत्रिनु परेको बताएका छन् ।
मदरसाको बैंक खाता अध्यक्ष आसिन मियाँ र प्रधानाध्यापक रुबीना बेगमको संयुक्त नाममा संचालन छन् । तलब खान पुग्ने गरी खातामा रकम मौजदात रहदा रहदै पनि पुर्वाग्रह राखी तथा दुःख दिने मनसायले चेकमा हस्ताक्षर गर्न न मानेपछि त्यहाँ कार्यरत ५ जना शिक्षक÷शिक्षिका र मोलबीले बिगत तीन महिनादेखि तलब खान नपाएको प्रधानाध्यापक रुबीना बेगमले बताईन ।
मदरसामा प्रध्यानाध्यापक बेगम, मौलबी मो.युनुस, कार्यालय सहायक रोशन खातुन तथा बाल विकास शिक्षिका तर्फ रक्षा चौधरी र प्रमिला कुमारी यादव गरी ५ जना कार्यरत छन् ।
उनीहरुले गत साउन, भदौ र असोज महिनाको तलब तथा दशै खर्च समेत पाउन सकेका छैनन । २४ जना छात्र र ६२ जना छात्रा गरी कुल ८६ जना विद्यार्थी रहेको मदरसामा उर्दु, अरबी, दिनियातका साथै नेपाली, अंगे्रजी र गणित विषयको पढाई हुन्छ । पठाई अब्बल रहेपनि अध्यक्षको मनोमानीका कारण बेला बेलामा विवाद उत्पन्न हुने गरेको अभिभावक मो.सदरुलले सुनाए ।
मदरसामा कार्यरत शिक्षक, शिक्षिका, मौलवी र कार्यालय सहायकलाई अध्यक्ष आसिनले घरको नौकर जस्तै व्यवहार गर्न थालेपछि विवाद उत्पन्न हुने गरेको तथा यसले बालबालिकाको पठन पाठनमा समेत असर पर्न थालेको अर्का अभिभावक हसिना वेगमको भनाई छ ।
राजविराज नगरपालिका शिक्षा शाखा मार्फत उक्त मदरसालाई दिदै आएको २ लाख ४१ हजार रुपैया मध्येबाट मासिक ८ हजार ३ सय ३३ रुपैया तलबमा शिक्षकहरु काम गर्दै आएका छन् ।
मदरसाका प्रध्यानाध्यापक रुबीना बेगमले केही दिन अघि मात्र नगरपालिकाबाट अनुदान स्वरुप आउने वार्षिक २ लाख ४१ हजार मध्ये ४१ हजार मदरसा व्यवस्थापन समितिका अध्यक्ष आसिन मियाँले स्वयम लिने गरेको र बाँकी २ लाखबाट आफुहरु तलब लिने गरेको सार्वजनिक गरेकी थिइन । सोही कारणले रिसाएका अध्यक्ष आसिनले चेकमा हस्ताक्षर गर्न नमानेको र गल्ती स्वीकार्न दवाब दिन थालेको मौलवी मो.युनुसको भनाई छ ।
मदरसा व्यवस्थापन समितिका अध्यक्ष आसिनले भने शिक्षकहरुले आफुलाई नटेर्ने तथा आफु विरुद्ध गलत प्रचारबाजी गरेको दाबी गरेका छन् । आपृmु तलब खुवाउन चेकमा हस्ताक्षर गर्न तयार हुने तर त्यस अघि समाजका भरभलादमी वसेर केही निर्णय गर्नू पर्ने उनको अडान छ । कस्तो निर्णय ? भन्ने जिज्ञासामा उनले भने “त्यो कुरा वैठक वसेपछि मात्र राख्छौ ।”
नगरपालिका शिक्षा शाखा प्रमुख भोगेन्द्र यादवले मदरसामा लामो समय देखि तलब नपाएपछी शिक्षक÷शिक्षिकाहरुले तालाबन्दी गरेको खबर आफुलाई प्राप्त भएको बताउँदै यसको सत्य तथ्य बुझ्ने काम भईरहेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ