News Category 2080/07/18
भगवती मन्दिर पुजा समितिको आयव्यय सार्वजनिक
राजविराज÷राजविराजस्थित माँ चण्डी दुर्गा भगवती मन्दिरको पुजा समितिले आयव्यय सार्वजनिक गरेको छ ।
पूजाका लागि निर्माण भएको उक्त समितिले शनिबार एक कार्यक्रमबीच पूजा अवधीमा भएको आम्दानी, खर्च र दाताहरुबाट प्राप्त जिन्सीहरु सार्वजनिक गरेको छ ।
समितिका संयोजक रामानन्द देवले चन्दाबाट प्राप्त रकम, बलि प्रदानबाट प्राप्त रकम, दान पेटिकाबाट संकलित रकम, पुजाको समयमा मेलाका पसलहरुबाट संकलित रकम र विभिन्न दाताहरुबाट प्राप्त जिन्सी सामानहरुको विवरण प्रस्तुत गरे ।
उनले चन्दा वापत ८८ हजार ५ सय २१, बलि प्रदानबाट १४ हजार ८ सय ५५, मेलाबाट १७ हजार ८ सय ९५, दान पेटिकाबाट १९ हजार ९ सय ६७ गरि कुल १ लाख ४१ हजार २ सय ३८ आम्दानी भएको जानकारी दिए ।
संयोजक देवले आम्दानीबाट खर्च कट्टा गरि बचत भएको २२ हजार ८ सय ३८ रकम मन्दिरका पुजारी दुर्गानन्द मिश्रलाई प्रदान गरे । उक्त रकम मूर्ती निर्माणका क्रममा भएको खर्चमा सहयोग गरिएको जनाइएको छ ।
राजविराज वडा नं. ७ का अध्यक्ष शुभाषचन्द्र यादवको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ सप्तरीका सभापति श्रवणकुमार देवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा पूजा समितिका सदस्य, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
सोही क्रममा पूजा समितिका संयोजक देवले वडा अध्यक्ष यादवलाई पूजा समितिको सम्पूर्ण हरहिसाबसहितको कागजात हस्तान्तरण गरे ।
यस्तै कागजात हस्तान्तरण पश्चात् सम्पूर्ण उपस्थित अतिथिहरुले मन्दिर परिसरमा विभिन्न प्रकारका फुल रोपेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ