News Category 2080/07/19
महिला तथा बालबालिकाको हकहित सम्बन्धी ज्ञान बाढ्दै आशा
दैनिक समाचारदाता
राजविराज, १९ कात्तिक ।
राजविराज ३ की आशा कुमारी साह महिला तथा बालबालिका अधिकारका लागी धेरै कानुन बनाएपनि प्रभावकारी कार्यान्वय हुन नसकेको गुनासो पोखेकी छिन ।
महिला तथा बालबालिका अधिकार नेपाल सप्तरीको अध्यक्ष रहेकी ३२ वर्षिया साह जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी महिला संघ सप्तरीको जिल्ला कार्य समिती सदस्य समेत हुन ।
महिला तथा बालवालिका अधिकारको क्षेत्र हुदै सक्रिय राजनीतिमा होमिएकी उनले महिला तथा बालबालिकाको हकहितका लागी विभिन्न कार्यक्रम लिएर हाल टोल टोलमा पुग्न थालेकी छिन् ।
उनले जिल्लामा बढ्दो आत्महत्या, महिला हिंसा, बालश्रम, दाईजो, लागु औषधको प्रयोग लगायतका विकृति प्रति चिन्ता ब्यक्त गर्दै यसको न्यूनिकरणका लागी सचेतना बाड्न व्यस्त भएकी छिन् ।
स्नातकतह सम्मको अध्ययन गरेकी उनले बनाइएका कानुनको प्रभावकारी कार्यान्वयन हुन नसकेको र अर्काे तीर चेतनाको अभावमा यस्ता विकृतिहरु ठूलै समस्या बन्दै गएको गुनासो पोखिन । उनले यस्ता विकृति न्यूनिकरणका लागी आफुले तयार पारेको खाकामा सबैले साथ र सहयोग दिन सके सार्थकता पाउने विश्वास समेत ब्यक्त गरेकी छिन ।
अभिभावकले आ–आफनो सन्तानलाई नियमित विद्यालय पठाउनु पर्ने, महिला हिंसा, आत्महत्या, लागु औषध, बालविवाह, बालश्रम लगायतका विकृति विरुद्ध प्रशिक्षण दिनु पर्ने, यसका कानुन र नियमको कडाईका साथ पालना गर्न÷गराउनु पर्ने लगायतको योजना उनको खाकामा समेटिएको छ । आपूm महिला भएकाले महिला तथा बालबालिकाको समस्यालाई पहिलो प्राथमिक्तामा राखेको उनको कथन छ ।
मधेशमा महिलाई घरबाहिर निस्केर राजनीति र सामाजिक गतिविधी सक्रियताका साथ गर्न त्यती सहज नभएपनि आफ्नो घर परिवारको साथ र सहयोगले सहज बनाएको उनको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ