News Category 2080/07/19
ग्राहक बनेर पसलहरुमा चोरी गर्ने व्यक्तिको खोजी गर्दै प्रहरी
दैनिक समाचारदाता
राजविराज, १९ कात्तिक ।
ग्राहक बनेर पसलहरुमा चोरी गर्दै हिड्ने एक व्यक्तिको प्रहरीले खोजतलास सुरु गरेको छ ।
राजविराजस्थित मेनरोडका पसलहरुमा ग्राहक बनेर साहुलाई झुक्याएर नगद तथा सरसामान चोरी गरी फरार हुने ती चोरको प्रहरीले खोजतलास सुरु गरेको हो ।
शनिबार साँझ राजविराजको मुख्य बजार मेन रोडका तीन पसलमा ग्राहक बनेर साहुलाई झुक्याउने ती चोरको तस्बीर सीसी टीभी क्यामरामा कैद भएपछि प्रहरीले खोजी तीब्र पारेको छ ।
पसले एक्लै भएको मौकामा विभिन्न समान किन्ने भन्दै लामो सुची थमाएर झिक्न लगाउने र पसले समान झिक्न व्यस्त भएको मौका छोपी काउन्टरको गल्ला, बाकस, सन्दुक लगायतबाट नगद र काउन्टरमा राखिएका सरसमान चोरी गरी फरार हुने अपरिचित चोर बारे पीडित पक्षबाट जानकारी आएपछि खोज तलाश तीब्र पारीएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्त डिएसपी ढुण्डिराज नेउपानेले बताए ।
नगरको मुटुमै रहेको माझी मार्केटको ३ वटा पसलबाट १७ हजार नगद तथा केही सरसमान चोरी भएपछी प्रहरीमा जानकारी गराएको पीडित मध्येका एक अन्जना माझीले बताईन् । उक्त मार्केटमा रहेको सीसीटीभीमा चोरको तस्बिर कैद भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ