News Category 2080/07/19
१४ हजार ६ सय ५ आँखाका रोगीको उपचार

दैनिक समाचारदाता
राजविराज, १९ कात्तिक ।
राजविराजस्थित सगरमाथा आँखा अस्पताल प्रालिले एक वर्षको अवधीमा एक हजार २ सय १५ तथा अन्य जटिल रोगका १ सय ३१ जना आखाका विरामीको शल्यक्रिया सफलतापूवर्क सम्पन्न गरेको जनाएको छ ।
एक वर्ष अघि स्थापना भएको सो अस्पतालले आप्mनो पहिलो वार्षिकोत्सव मनाउने क्रममा आईतवार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत सो तथ्याङ्क सार्वजनिक गरेको हो ।
अस्पतालले एक वर्षको अवधिमा १४ हजार ६ सय ५ जना आखाका रोगीलाई उपचार सेवा प्रदान गरेको समेत जनाएको छ । जसमध्ये झण्डै ३० प्रतिशत भारतीय सेवाग्राही छन । अस्पतालका म्यानेजर अफाक अनवरले एक वर्षको अवधिमा मोतियाबिन्दुका १ हजार २ सय १५ तथा अन्य जटिल रोगका १ सय ३१ जना आखाका विरामीको शल्यक्रिया तथा १३ हजार २ सय ५९ जनाको आखाका विभिन्न रोगको उपचार गरी कुल १४ हजार ६ सय ५ जनालाई उपचार सेवा प्रदान गरिएको जानकारी दिए ।
उनले ४ हजार ३ सय ८१ जना भारतीय नागरिकले समेतले उपचार पाएको बताउँदै भारतीय नागरिकका लागी समेत उपचार गर्न भरपर्दाे ठाउँ बनेकाले उनीहरुको यस अस्पताल तर्फ आकर्षण बढ्दै गएको दाबी गरे ।
कार्यक्रममा अस्पतालका निर्देशक एवं नेत्र रोग विशेषज्ञ डा. आशिष राज पन्तले सस्तो दरमै मेशिन र हात दुबैको प्रयोग गरेर आखाँको समान्यदेखि जटिल प्रकृतिका उपचार र शल्यक्रिया सेवा उपलब्ध गराउन थालेपछि आखाका बिरामीको यस अस्पताल प्रति आकर्षण बढ्दै गएको दाबी गरे ।
न्युन आय भएकाले पनि सस्तोमा उपचार पाओस् भन्ने उद्देश्यले संचालनमा ल्याइएको १५ शैयाको अस्पतालमा आखा र आखा आसपासको प्लास्टिक सर्जरी, आखाको क्यान्सर र कोर्निया, अकुलोटप्लास्टि, दृष्टिदोष लगायतको उपचार सेवा उपलब्ध रहेको तथा निकट भविष्यमै आखाको नानी प्रत्यारोपण तथा रेटिना सर्जरी सेवा समेत संचालन हुने उनले जानकारी दिए ।
नेपालबाट अन्धोपन हटाउन र आखाका विरामीलाई सहजरुपमा उपचार सेवा उपलब्ध गराउन एक वर्षको अवधीमा मदरसा, विद्यालय, विभिन्न पालिका र सेनाको बरखगण गरी ७ ठाउँमा समेत पुगेर निःशुल्क आखा उपचार शिवीर संचालन गरिएको उनले जानकारी दिए ।
एक अध्ययनको क्रममा सप्तरीमा ५० वर्ष र सो भन्दा माथीका जनसंख्या मध्ये २० प्रतिशतमा दृष्टि कमजोर र आखाको समस्या देखिएको भन्दै उनले आखाको सुरक्षाका लागी जीवन शैलीमा सुधार र आवश्यक सर्तकर्ताको आवश्यकता समेत औल्याए ।
वार्षिकोत्सवको अवसर पारेर ७ दिन सम्म अस्पताल परिसरमा निःशुल्क आखा परिक्षण तथा अन्य उपचारमा २५ प्रतिशत सम्म छुटको व्यवस्था समेत मिलाइएको अस्पताल प्रशासनले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ