News Category 2080/07/20
यातायात कार्यालयमा बैंकको एक्स्टेन्सन काउन्टर

दैनिक समाचारदाता
राजविराज, २० कात्तिक ।
यहाँस्थित यातायात व्यवस्था सेवा कार्यालयमा सोमबारदेखी कुमारी बैंक राजविराज शाखाले एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको छ ।
यातायात व्यवस्था कार्यालयका निमित्त प्रमुख शशि यादव र कुमारी बैंक मधेश प्रदेशका प्रमुख समिर आचार्यले संयुक्त रुपमा रिबन काटेर सो काउन्टर संचालनको शुभारम्भ गरेका हुन् ।
कार्यालयका निमित्त प्रमुख यादवले कार्यालयबाट प्रदान गरिने सबै सेवाहरु वापत लाग्ने राजश्व अब कुमारी बैंकको एक्स्टेन्सन काउन्टरबाटै हुने जानकारी दिदै भने “अबदेखी सबै खाले राजश्व वापतको रकम नगद नभई बैंक मार्फत नै भुक्तानी हुनेछ ।” उनले पटके सेवा वापतको राजश्व भने नगद नै लिइने जानकारी दिए ।
उनले सवारीसाधनहरुको नवीकरण वापतको राजश्व, सवारी अनुमति पत्रको नविकरण वापत लगायतको राजश्व कार्यालयमा नगद बुझाउनु पर्ने बाध्यता हटेको तथा सेवाग्राहीले बैंक मार्फत कारोबार गर्दा पारदर्शी तथा सेवाग्राहीलाई पनि सहज हुने जिकिर गरे ।
सोही क्रममा निमित्त प्रमुख यादवले सवारीसाधनहरुको बायोमेट्रिक गरि अनलाईन मार्फत नै राजश्व बुझाउने प्रावधान समेत सुरु भएको जानकारी पनि दिए । उनले एक पटक कार्यालयमा सवारीसाधनको बायोमेट्रिक गरे भने त्यो सधैका लागि अभिलेख रहने र अनलाइन मार्फत नै नविकरण गर्न सकिने उल्लेख गरे ।
सोही अवसरमा बैंकका प्रदेश प्रमुख आचार्यले तत्कालका लागि कार्यालयमा एक्स्टेन्सन काउन्टरको संचालन गरिएको जानकारी दिँदै यस काउन्टरबाट यातायात कार्यालयको राजश्व मात्र संकलन गरिने बताए ।
सो अवसरमा कार्यालय तथा बैंकका कर्मचारी र संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ