News Category 2080/07/20
लागु औषध मुद्दामा स्वास्थ्य सहसंयोजकसहित दुई पक्राउ
दैनिक समाचारदाता
राजविराज, २० कात्तिक ।
३८ दिन अघि लागु औषधसहित पक्राउ परेका सप्तरीको बोदेबरसाईन नगरपालिकाका स्वास्थ्य संयोजक राजनारायण ठाकुरलाई पक्राउ गरेसँगै प्रहरीले थालेको अनुसन्धानका क्रममा सोही कार्यमा संलग्न रहेको आरोपमा स्वास्थ्य सहसंयोजकसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बोदेबर्साइन नगरपालिकाका स्वास्थ्य शाखा सहसंयोजक ४५ वर्षिय बैजनाथ साह र बोदेबर्साइन नगरपालिका ५ का ३५ वर्षिय मो.जमामुद्धिन इराकी छन् ।
बोदेबर्साइन नगरपालिका ५ निवासी स्वास्थ्य शाखाका सहसंयोजक साह र सोही वडा निवासी इराकी समेतको लागु औषधको उक्त घटनामा संलग्नता रहेको खुलेको प्रहरीको भनाई छ ।
यसअघि गत असोज १२ गते बोदेवर्साइन नगरपालिकाको स्वास्थ्य शाखा संयोजक राजनारायण ठाकुरलाई प्रहरीले प्रतिबन्धित लागु औषध सहित पक्राउ गरेको थियो ।
स्वास्थ्य शाखा संयोजक ठाकुर चढेको लु.५५प.५४३९ नम्बरको मोटरसाईकलबाट स्थानिय शत्रुघन चौकमा चेकजाँचको क्रममा प्रहरीले प्रतिबन्धित लागु औषध नाइट्राभेट ट्याबलेट २७ र एस्पासमो ट्याबलेट १५ वटा बरामद गरेको थियो ।
प्रहरीले सप्तरी जिल्ला अदालतबाट लागु औषध मुदामा म्याद थप गराइ ठाकुरलाई हिरासतमा राखेर थप अनुसन्धान गर्दै जादा बोदेबर्साइन नगरपालिकाका स्वास्थ्य शाखाका सहसंयोजक साह र अर्का स्थानीयवासी इराकीको समेत संलग्नता देखिएपछि दुबै जनालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए ।
पक्राउ परेका दुवै जनालाई हिरासतमा राखिएको तथा मंगलवार सप्तरी जिज्ला अदालतबाट म्याद थपी थप अनुसन्धान अघि बढाइने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ