News Category 2080/07/22
सुनचाँदीका गरगहना र भारतीय रुँपैयासहित तीन पक्राउ
दैनिक समाचारदाता
राजविराज, २२ कात्तिक ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका १ खाँडो खोला क्षेत्रबाट सुन चाँदीका गरगहना र भारतीय रुपैया सहित तीन जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका वडा नं. १० का १६ वर्षिय रिकेश श्रेष्ठ, लमजुङ्गको राइनास गाउँपालिका २ का १८ वर्षिय रोशन शाही ठकुरी र रामेछापको सुनपाती गाउँपालिका ६ का १७ वर्षिय उत्सव पाण्डे छन् ।
सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट तिलाठीबाट खटेको टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको उनीहरुमाथी शंका लागी चेकजाँच गर्दा झोलाबाट ३१ ग्राम सुन र १ सय ८८ ग्राम चाँदीको गरगहना बरामद गरेको छ ।
यस्तै उनीहरुको साथबाट ४ थान मोवाइल तथा भारतीय रुपैया ३ लाख ५५ हजार ३ सय ५१ रुपैया (नेपाली रुपैया ५ लाख ६८ हजार ५ सय ६३) समेत बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नं.६ गण हडक्वाटरका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक मोहन राज विस्टले जानकारी दिए ।
उनीहरु तीन दिन अघि नै पक्राउ परेपनि अनुसन्धानका लागी पठाइएको इटहरी स्थित राजश्व अनुसन्धानका कार्यालयबाट बुधवार मात्र सुन चाँदी र त्यसको तौल पुस्टी भएको विवरण प्राप्त भएकाले ढिलो गरी घट्ना विवरण सार्वजनिक गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ