News Category 2080/07/22
जसपा सप्तरीको आन्तरिक विवाद उत्कर्षमा, असन्तुष्ट पक्षद्वारा समानान्तर जिल्ला समिति गठन
दैनिक समाचारदाता
राजविराज, २२ कात्तिक ।
जनता समाजवादी पार्टी नेपाल सप्तरीमा आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । पार्टीका असन्तुष्ट पक्षधरले बुधबार राजविराजमा जिल्ला स्तरिय भेलाको आयोजना गरेको छ । सो भेलाले समानान्तर जिल्ला समिति समेत गठन गरेको छ ।
जिल्ला समिति समितिका उपाध्यक्ष रहेका उमेश प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भेलाले उनकै नेतृत्वमा ५७ सदस्यीय जिल्ला कार्य समिति पनि गठन गरेको छ ।
यसअघि जसपाका जिल्ला अध्यक्ष केदार प्रसाद यादवले सूचना जारि गरि भेला जिल्ला समितिको आधिकारीक नभएको भन्दै भेलामा सहभागि नहुन सम्पूर्ण नेता कार्यकर्तालाई निर्देशन समेत दिएका थिए । उनले असन्तुष्ट पक्षलाई भेला नगर्न तथा उक्त भेला अवैधानिक र केही व्यक्तिको स्वार्थपूर्तीका लागि हुन लागेको भन्दै स्थानीय नेता तथा कार्यकर्तालाई सहभागि नहुन सूचनामा जनाएका थिए ।
तर, सो सूचना विपरीत बुधबार असन्तुष्ट पक्षले जिल्ला कार्य समितिकै ब्यानर राखेर ब्यापक सहभागितामा जिल्ला स्तरिय कार्यकर्ता भेलाको आयोजना गरेपछि विवाद उत्कर्षमा पुगेको हो । जिल्ला समन्वय समितिको सभाकक्षमा आयोजित भेलामा जिल्ला, प्रदेश र केन्द्रसम्मका नेता सहभागि भए । असन्तुष्ट पक्षको भेलामा गत स्थानीय तहको निर्वाचनमा जसपाका तर्फबाट नगर प्रमुख तथा गाउँपालिका अध्यक्षका उमेदवार बनेका १८ मध्ये १३ पालिका उमेदवार पनि सहभागि थिए ।
भेलाका प्रमुख अतिथि जसपाकी राजनीतिक कार्यसमिति सदस्य एवं पूर्वमन्त्री रेणु यादवले पार्टी भित्र आन्तरिक प्रजातन्त्र कायम गर्न तथा पार्टीको गिरदो साखलाई जोगाउन आफूहरु बिद्रोहमा उत्रेको बताईन् । आफूहरुको बिद्रोह नेतृत्वमा देखिएको तानाशाही प्रवृती तथा पार्टीलाई जिवन्तता प्रदान गर्नका लागि भएको उनको भनाई छ ।
जिल्लादेखी केन्द्रमा नेतृत्व गर्नेहरुले लोकतान्त्रिक विधी त्यागेर मनोमानी र एकलौटी ढंगले हिड्दा पार्टीको जनाधार कमजोर बन्दै गएको तथा कार्यकर्ता र समर्थकमा नैराश्यता बढ्दै गएको उनले बताईन् । पार्टीमा आमूल परिवर्तनको आवश्यकता औल्याउँदै उनले यसका लागि अब नयाँ ढंगले अघि बढ्ने उद्घोष गरिन् ।
जसपाका मधेश प्रदेश कमिटिका उपाध्यक्ष शम्भु झाले संगठन कसरी बलियो बनाउने भन्दा पनि नेतृत्वले आसेपासेलाई बलियो बनाउने तिर बढी ध्यान केन्द्रित गरेको र इमान्दार कार्यकर्तालाई पाखा लगाउँदै गरेको आरोप लगाए । उनले निर्वाचनको उम्मेदवारी दिने अघिल्लो दिनसम्म पार्टी अध्यक्ष उपेन्द्र यादवले आफू कहाबाट चुनाव लड्ने भनी निर्णय लिन नसकेका कारण उनी आफ्नै कमजोरीले सप्तरी २ बाट गत संसदीय निर्वाचनमा पराजित बन्नु परेको जिकिर गरे ।
जनता र कार्यकर्ताको भावना विपरीत नेतृत्व एकलौटी ढंगले निर्णय गर्ने अनि जबरजस्ती लाद्न खोज्ने र त्यही कारणले पार्टीको अवस्था खस्किदै गएकाले नेतृत्वलाई सही दिशामा ल्याउन पनि हामी अघि बढ्को बताए । उनले आफ्नो गुट वा आसेपासेलाई च्यापेर पार्टीको नेता बन्ने दुरसाहस नर्गन समेत नेतृत्व वर्गलाई सचेत गराए ।
उमेश प्रसाद यादवको अध्यक्षतमा आयोजित भेलामा जसपा राजनीति समिति एवं मधेश प्रदेशका पूर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, पूर्वसांसद डा. सूर्यनारायण यादव, जसपाका केन्द्रिय सदस्य दिपक यादव, जगदेव यादव, समाजवादी यूवा संघका जिल्ला अध्यक्ष शिवम यादव, यूवा नेता निरज मुक्ति, सत्यनारायण यादव, मो. शबिर, निलेश झा, दयानन्द गोइत, भिमराज यादवलगायतले पनि नेतृत्वमा रहेको कमजोरीका कारण पार्टी धरासायी हुन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ