News Category 2080/07/23
भुकम्प पीडितलाई सप्तरीबाट राहत पठाइयो
दैनिक समाचारदाता
राजविराज, २३ कात्तिक ।
जाजरकोट र रुकम (पश्चिम)का भूकम्प पीडितका लागि बिहीबार सप्तरीबाट राहत पठाइएको छ । राहतमा नगद, कम्बल, साडी, टोपी, त्रिपाल लगायतका सामाग्रिहरु रहेका छन् ।
सप्तरी उद्योग वाणिज्य संघ, सप्तरी युथ नेपाल र नेपाल रेडक्रस सोसाइटीले उक्त राहत समाग्रिहरु जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत पठाएको हो ।
पीडितका लागि सप्तरी उद्योग वाणिज्य संघले १ सय थान साडी, ५०÷५० थान ज्याकेट र उलनको टोपी, सप्तरी युथले २५ हजार रुपैयाँ, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य प्रधानले २० थान त्रिपाल तथा रेडक्रस सोसाइटी सप्तरीले १ सय थान कम्बल उपलब्ध गराएको छ ।

ती सामग्री बिहिवार प्रमुख जिल्ला अधिकारी किरण थापालाई हस्तान्तरण गरिएको छ । उक्त सामग्री पीडितका लागि पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । गत आइतवार राति जाजरकोट केन्द्रविन्दु भएर गएको भुकम्पले ठुलो जनधनको क्षति भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ