News Category 2080/07/23
राजविराजको तीन वटै योजनामा व्यापक लापरवाही भएको संसदीय टोलीको निष्कर्ष
दैनिक समाचारदाता
राजविराज, २३ कात्तिक ।
सप्तरीमा संचालित योजनाहरुमा व्यापक लापरवाही भएको अनुगमनमा पुगेको संसदीय टोलीले निष्कर्ष निकालेको छ । पहिलो दिन बिहीबार अनुगमन गरेको राजविराजको तीन वटा योजनाको काम सन्तोषजनक नरहेको टोलीले बताएको छ ।
संसदको पूर्वाधार विकास समितिको तर्फबाट सांसद डा. सिके राउत नेतृत्वको टोलीले बिहीवार योजना स्थलमै अनुगमन गरेर यस्तो निष्कर्ष निकालेको हो ।
टोलीका संयोजक डा. राउतले राजविराज ७ स्थित हटियामा निर्माणाधीन सपीङ्ग कम्प्लेक्सको काम पटक पटकको म्याद थप्दा समेत पुरा नगरेको, राजविराज २ मा निर्माण भइरहेको बस पार्कको काम पनि अहिलेसम्म पुरा नभएको तथा राजविराज ३ स्थित गजेन्द्र नारायण सिंह अस्पताल भवन निर्माणको काम पनि सुस्त गतिमा अघि बढेकोमा असन्तुष्टि व्यक्त गरे ।
सांसद डा. राउतले काममा ठेकेदारहरुको पुरै लापरवाही देखिएको भन्दै तीन तीन पटक म्याद थप्दा पनि पुरा नगरिएका कामलाई यस्तै लापरवाही गरिरहे ठेकेदारलाई संसदीय समितिमा झिकाउने, कालो सूचीमा राख्ने र ठेक्कै बदर गर्नेसम्मको चेतावनी समेत दिए ।
संचारकर्मीहरुसित कुरा गर्दै टोलीमा आएकी सांसद निशा डांगी, सासंद बिना लामा तथा सांसद दिनेश कुमार यादवले पूर्व सूचना दिएर टोली आउँदा समेत ठेकेदार अनुपस्थित रहेको तथा काममा निकै ढिलासुस्ती भएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
टोलीमा संघीय सांसद दिनेश कुमार यादव, सुशिला श्रेष्ठ तथा भौतिक पूर्वाधार मन्त्रालयका शाखा अधिकृत लक्ष्मी देवी भण्डारी पनि सहभागी छन् ।
संसदीय टोलीको अनुगमनमा मधेश प्रदेशका शिक्षा मन्त्रि महेश प्रसाद यादव, प्रदेश सभा सदस्य सतिश कुमार सिंह तथा राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख ईसरत परवीन पनि सहभागि छन् ।
टोलीले शुक्रवार राजविराज–रुपनी–हनुमाननगर सडक खण्ड, राजविराज–छिन्नमस्ता सडक खण्ड, कठौना–पातो सडक खण्ड तथा हुलाकी राजमार्ग अन्तर्गत सप्तरीको विभिन्न सडक खण्डहरुमा भइरहेको निर्माण कार्यको अनुगमन गर्ने कार्यक्रम रहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ