News Category 2080/07/25
समाजसेवी भगतद्वारा दुई सय बालबालिकालाई पोशाक प्रदान
दैनिक समाचारदाता
राजविराज, २५ कात्तिक ।
सप्तरीका एक समाजसेवीले शनिबार दुई सय बालबालिकालाई निजि खर्चमा पोशाक बितरण गरेका छन् ।
सप्तरीकोे रुपनी गाउँपालिका ६ बिरेन्द्र बजार निवासी रंजित भगतले सोही गाउँपालिका १ रायपुरको विपन्न बस्तीका गरिब, असाहय, विपन्न र दलित परिवारका दुई सय बालबालिकालाई २ सय थान भेष्ट र हाफ पाइन्ट बितरण गरे । यसरी कपडा पाउनेहरुमा एक वर्षदेखी १० वर्ष उमेर समूहका बालबालिका छन् ।
स्थानीयवासी भागवत प्रसाद यादवका अनुसार समाजसेवी भगतले बितरण गरेको पोशाक पाउनेमा मुस्लिम समुदायका ८० र हिन्दु समुदायका १ सय २० बालबालिका छन् । गाउँ समाजमा सामुहिक काममा सहयोग गर्ने भगतले निजि खर्चमा गरिब, असाहय परिवारका बालबालिकालाई सहयोग गरेर ठूलो गुण लगाएको उनको भनाई छ ।
विपन्न बालबालिकाको अवस्था बारे स्थानीयले जानकारी गराएपछि आफूले सहयोग गरेको भन्दै भगतले भने, “छोरा छोरीलाई शिक्षा दिने रहर हुँदा हुँदै आर्थिक अभावका कारण रहर पुरा गर्न नसकेका गरिब असाहय परिवारका अभिभावकलाई थोरै भए पनि सहयोग पु¥याउने प्रयास गरेको हुँ ।”
३८ वर्षिय भगत एमाले निकट राष्ट्रिय यूवा संघ नेपाल सप्तरीका उपाध्यक्ष समेत हुन् । भगतले यस अघि रुपनी गाउँपालिकाको विभिन्न विद्यालय तथा विपन्न बस्तीमै पुगेर झण्डै १ हजार बालबालिकालाई शैक्षिक तथा खेलकुद सामाग्रि आफ्नो व्यक्तिगत खर्चमै बितरण गरिसकेका छन् ।
चार दिनअघि पनि उनले विपन्न बस्तीका ४ एकल महिला, २ अपाङता भएका पुरुष र ३ ज्येष्ठ नागरिकको घरमै पुगि लत्ताकपडा र खाद्यान्न बितरण गरेको स्थानीय समाजसेवी दुर्गानन्द ठाकुरले बताए ।
विपन्न, दलित, असाहय वर्गका बालबालिकालाई आमाबुबाको ज्यालाले एकमुष्ट ठूलो रकम खर्चेर पोशाक र शैक्षिक सामाग्रि खरीद गर्न समस्या भइरहेका बेला भगतले देखाएको सहयोगी ह्दय उदाहरण रहेको भन्दै स्थानीयले उनको प्रसंशा गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ