News Category 2080/07/25
समाजसेवी भगतद्वारा दुई सय बालबालिकालाई पोशाक प्रदान
दैनिक समाचारदाता
राजविराज, २५ कात्तिक ।
सप्तरीका एक समाजसेवीले शनिबार दुई सय बालबालिकालाई निजि खर्चमा पोशाक बितरण गरेका छन् ।
सप्तरीकोे रुपनी गाउँपालिका ६ बिरेन्द्र बजार निवासी रंजित भगतले सोही गाउँपालिका १ रायपुरको विपन्न बस्तीका गरिब, असाहय, विपन्न र दलित परिवारका दुई सय बालबालिकालाई २ सय थान भेष्ट र हाफ पाइन्ट बितरण गरे । यसरी कपडा पाउनेहरुमा एक वर्षदेखी १० वर्ष उमेर समूहका बालबालिका छन् ।
स्थानीयवासी भागवत प्रसाद यादवका अनुसार समाजसेवी भगतले बितरण गरेको पोशाक पाउनेमा मुस्लिम समुदायका ८० र हिन्दु समुदायका १ सय २० बालबालिका छन् । गाउँ समाजमा सामुहिक काममा सहयोग गर्ने भगतले निजि खर्चमा गरिब, असाहय परिवारका बालबालिकालाई सहयोग गरेर ठूलो गुण लगाएको उनको भनाई छ ।
विपन्न बालबालिकाको अवस्था बारे स्थानीयले जानकारी गराएपछि आफूले सहयोग गरेको भन्दै भगतले भने, “छोरा छोरीलाई शिक्षा दिने रहर हुँदा हुँदै आर्थिक अभावका कारण रहर पुरा गर्न नसकेका गरिब असाहय परिवारका अभिभावकलाई थोरै भए पनि सहयोग पु¥याउने प्रयास गरेको हुँ ।”
३८ वर्षिय भगत एमाले निकट राष्ट्रिय यूवा संघ नेपाल सप्तरीका उपाध्यक्ष समेत हुन् । भगतले यस अघि रुपनी गाउँपालिकाको विभिन्न विद्यालय तथा विपन्न बस्तीमै पुगेर झण्डै १ हजार बालबालिकालाई शैक्षिक तथा खेलकुद सामाग्रि आफ्नो व्यक्तिगत खर्चमै बितरण गरिसकेका छन् ।
चार दिनअघि पनि उनले विपन्न बस्तीका ४ एकल महिला, २ अपाङता भएका पुरुष र ३ ज्येष्ठ नागरिकको घरमै पुगि लत्ताकपडा र खाद्यान्न बितरण गरेको स्थानीय समाजसेवी दुर्गानन्द ठाकुरले बताए ।
विपन्न, दलित, असाहय वर्गका बालबालिकालाई आमाबुबाको ज्यालाले एकमुष्ट ठूलो रकम खर्चेर पोशाक र शैक्षिक सामाग्रि खरीद गर्न समस्या भइरहेका बेला भगतले देखाएको सहयोगी ह्दय उदाहरण रहेको भन्दै स्थानीयले उनको प्रसंशा गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ