News Category 2080/08/07
मुद्दि मोहरम ट्रष्टबाट उपाध्यक्षसहित ६ जनाले दिए राजिनामा
दैनिक समाचारदाता
राजविराज, ७ मंसिर ।
विभिन्न सामाजिक गतिबिधीमा सक्रिय रहदै आएको राजविराजस्थित मुद्दि मोहरम कल्याणकारी ट्रष्टका ११ जनाको कार्यसमिति मध्ये उपाध्यक्षसहित ६ जना पदाधिकारीहरुले सामुहिक राजिनामा दिएका छन् ।
राजिनामा दिनेहरुमा ट्रष्टका उपाध्यक्ष मो. इर्साद अंसारी, महासचिव काशिम अंसारी, सदस्य मो. सकिल अंसारी, नसिम आरा, सरफराज अंसारी र काजिम अंसारी छन् ।
कात्तिक २९ गते नै संस्थाका अध्यक्ष हासिम अंसारीलाई बुझाइएको सामुहिक राजिनामा पत्रमा उनीहरुले ट्रष्टको साधारण सदस्यता समेत परित्याग गरेको उल्लेख गरेका छन् । तर, सो राजिनामा ट्रष्टका अध्यक्षले हालसम्म पनि स्वीकृत नगरेकाले संचारकर्मीसँग सार्वजनिक गरिएको ट्रष्टका उपाध्यक्ष मो. इर्साद अंसारीले बताए ।
सामुहिक राजिनामा पत्रमा ट्रष्टको गतिबिधी एकलौटी र मनपरी ढंगले संचालनमा ल्याइएको, संस्थाको बैठक विधिपूर्वक संचालनमा ल्याउने नगरिएको तथा ट्रष्टको नाममा रहेको एम्बुलेन्स समेत कुनै छलफल र प्रक्रिया पुरा नगरि बिक्रि गरिएको जनाउँदै राजिनामाको कारण उल्लेख गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ