News Category 2080/08/07
मुद्दि मोहरम ट्रष्टबाट उपाध्यक्षसहित ६ जनाले दिए राजिनामा
दैनिक समाचारदाता
राजविराज, ७ मंसिर ।
विभिन्न सामाजिक गतिबिधीमा सक्रिय रहदै आएको राजविराजस्थित मुद्दि मोहरम कल्याणकारी ट्रष्टका ११ जनाको कार्यसमिति मध्ये उपाध्यक्षसहित ६ जना पदाधिकारीहरुले सामुहिक राजिनामा दिएका छन् ।
राजिनामा दिनेहरुमा ट्रष्टका उपाध्यक्ष मो. इर्साद अंसारी, महासचिव काशिम अंसारी, सदस्य मो. सकिल अंसारी, नसिम आरा, सरफराज अंसारी र काजिम अंसारी छन् ।
कात्तिक २९ गते नै संस्थाका अध्यक्ष हासिम अंसारीलाई बुझाइएको सामुहिक राजिनामा पत्रमा उनीहरुले ट्रष्टको साधारण सदस्यता समेत परित्याग गरेको उल्लेख गरेका छन् । तर, सो राजिनामा ट्रष्टका अध्यक्षले हालसम्म पनि स्वीकृत नगरेकाले संचारकर्मीसँग सार्वजनिक गरिएको ट्रष्टका उपाध्यक्ष मो. इर्साद अंसारीले बताए ।
सामुहिक राजिनामा पत्रमा ट्रष्टको गतिबिधी एकलौटी र मनपरी ढंगले संचालनमा ल्याइएको, संस्थाको बैठक विधिपूर्वक संचालनमा ल्याउने नगरिएको तथा ट्रष्टको नाममा रहेको एम्बुलेन्स समेत कुनै छलफल र प्रक्रिया पुरा नगरि बिक्रि गरिएको जनाउँदै राजिनामाको कारण उल्लेख गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ