News Category 2080/08/07
पाँच महिनादेखी तलब नपाएको भन्दै पालिकामा शिक्षक र कर्मचारीद्वारा तालाबन्दी
दैनिक समाचारदाता
राजविराज, ७ मंसिर ।
लामो समयदेखी तलब नपाएको भन्दै सप्तरीको विष्णुपुर गाउँपालिकाका शिक्षकहरुको अगुवाईमा बिहीबार गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको छ ।
उक्त पालिकाका शिक्षक र विद्यालय कर्मचारीहरुद्वारा गठित संघर्ष समितिको अगुवाईमा सो कार्यालयमा तालाबन्दी गरिएको हो ।
यस्तै संघर्ष समितिले पालिकामा तालाबन्दी सँगै बिहीबार नै गाउँपालिका भित्र रहेका सबै १८ वटै विद्यालयको पठनपाठन समेत ठप्प पारेका छन् ।
आफूहरुको माग पुरा नभएसम्म पठनपाठन अवरुद्ध राख्ने संघर्ष समितिका संयोजक इन्द्रदेव यादवले बताए । उनका अनुसार पालिकाभित्र रहेका ५ मावि र १३ आधारभूत विद्यालयका करिब १ सय ७५ जना शिक्षक र विद्यालयका कर्मचारीले विगत पाँच महिनादेखी तलब पाउन सकेका छैनन् ।
विगत पाँच महिनादेखी आश्वासन मात्र पाइने गरेकाले बाध्य भई पालिका कार्यालयमा तालाबन्दी नै गर्नु परेको शिक्षक रामदेव साहको भनाई छ । उनले गत साउनदेखी यहाँका शिक्षक र विद्यालय कर्मचारीहरुले तलब पाउन नसकेको सुनाए ।
चाडपर्वका बेला पनि आफूहरुले तलब पाउन नसक्दा गरगहना बन्धकी राखेर काम चलाएको र अहिले त्यसको ब्याज तिर्न पनि समस्या भएको शिक्षकहरुको गुनासो छ ।
प्रमुख प्रशासकीय अधिकृत उज्वल आनन्दले केही समयअघि सम्पन्न गाउँसभामा देखिएको केही कानुनी जटिलताका कारण समयमै शिक्षक र विद्यालय कर्मचारीलाई तलब खुवाउन समस्या भएको बताए ।
गाउँसभा सम्पन्न भएपनि केही किचलो र कानुनी जटिलताका कारण समयमै भुक्तानी दिन समस्या भएपनि आफूहरु तलब खुवाउन लागि परेको उनले बताए । उनले समस्या समाधानका लागि बिहीबार नै प्रमुख जिल्ला अधिकारी किरण थापा, कार्यवाहक अध्यक्ष रेणु कुमारी यादव तथा पालिकाका अन्य जनप्रतिनिधिहरुको बैठक बसी समाधान खोज्ने प्रयास थालिएको जानकारी दिए । उनले भविष्यमा कुनै कानुनी झन्झट आउन नदिन आवश्यक कानुनी प्रक्रिया पुरा गरि छिट्टै तलब निकासाका लागि पहल थालिएको जानकारी समेत दिए ।
विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादव, लेखापाल टेकनारायण यादव हाल निलम्बित अवस्थामा छन् । एक घुस प्रकरणमा मुछिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरु बिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेपछि उनीहरु निलम्बित भएका हुन् । गाउँपालिका अहिले कार्यवाहक अध्यक्ष भएर उपाध्यक्ष रेणुकुमारी यादवले चलाउँदै आएकी छिन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ