News Category 2080/08/09
तीन दिवसीय नेपाल भारत मैत्री साँस्कृतिक संगम भारतको बृन्दावनमा आयोजना हुने

दैनिक समाचारदाता
राजविराज, ९ मंसिर ।
नेपाल भारत मैत्री संगठनको आयोजनामा तीन दिवसीय दोश्रो अन्तराष्ट्रिय साँस्कृतिक संगम आगामी पुस २१ देखी भारतको बृन्दावनमा हुने भएको छ ।
नेपाल र भारतका गरी करिब पाँच सय जना प्रतिनिधि र पर्यवेक्षक सहभागि हुने संगठनका नेपाल प्रभारी अर्चना सिंहले जानकारी दिएकी छिन् ।
दोश्रो अन्तराष्ट्रिय साँस्कृतिक संगम भब्य र सभ्य बनाउन आवश्यक तयारी सुरु भएको जानकारी दिएकी सिंहले यसको लोगो पनि सार्वजनिक गरिएको बताइन् । नेपाल भारत मैत्री संगठनका अन्तराष्ट्रिय अध्यक्ष अनुपकुमार सिंहद्वारा भारतको नयाँ दिल्लमा एक कार्यक्रमको आयोजना गरि लोगो सार्वजनिक गरिएको सिंहको भनाई छ ।
लोगोमा दुबै देशको झण्डासहित “देश भेष भाषा अनेक फिर भी संस्कृति एक” भन्ने स्लोगन राखिएको छ । लोगोमा भगवान श्री कृष्णको नगरी बृन्दावन प्रतिबिम्बित हुने मयुरको प्वाख र बाँसुरीलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ ।
संगमले नेपाल भारत बीचको सम्बन्धलाई थप प्रगाढ बनाउन मद्दत पु¥याउने विश्वास गरिएको आयोजक संगठनकी सदस्य समेत रहेकी महिला अधिकारकर्मी राजविराज ७ निवासी सुनिता साहले बताइन् । तीन दिने उक्त संगममा नेपाल भारत मैत्री कन्वेलभ मार्फत दुबै देशका जनताका सरोकारसँग सम्बन्धित चार वटा कार्यत्रपत्र माथी छलफल गरिने उनले जानकारी दिइन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/11 पानीको समस्या समाधान गर्न प्रजिअद्वारा स्थलगत निरिक्षणका साथै निर्देशन
- 2082/04/11 कृषि विश्वविद्यालयमा तालाबन्दी
- 2082/04/11 स्व. सिंहको योगदान बारे चर्चा गर्दै सम्झाना
- 2082/04/11 मधुश्राबणीको अवसरमा महिला परिषदले गरे कार्यक्रम
- 2082/04/11 ३१औं “प्रकाश मानव अधिकार पुरस्कार” सुनिलकुमार यादवलाई
- 2082/04/11 चोरी पैठारीका ७४ कार्टुन मदिरा र २८ बोरा कुरमुरे भन्सार बुझाइयो
- 2082/04/11 आदिवासी जनजाती समुदायको परम्परागत खाद्य पहिचान गर्दै अर्थ ब्यवस्था सुदृढ गर्नु पर्छ ः मन्त्री लेखी
- 2082/04/10 करेन्ट लागेर खंग दम्पत्तिसहित एकै दिन तीन जनाको मृत्यु
- 2082/04/10 कम्पनीका मेनेजर १८ दिनदेखि वेपत्ता
- 2082/04/10 तपेश्वरीमा पहिलो पटक मिनि महोत्सव हुँदै
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ