News Category 2080/08/09
तीन दिवसीय नेपाल भारत मैत्री साँस्कृतिक संगम भारतको बृन्दावनमा आयोजना हुने
दैनिक समाचारदाता
राजविराज, ९ मंसिर ।
नेपाल भारत मैत्री संगठनको आयोजनामा तीन दिवसीय दोश्रो अन्तराष्ट्रिय साँस्कृतिक संगम आगामी पुस २१ देखी भारतको बृन्दावनमा हुने भएको छ ।
नेपाल र भारतका गरी करिब पाँच सय जना प्रतिनिधि र पर्यवेक्षक सहभागि हुने संगठनका नेपाल प्रभारी अर्चना सिंहले जानकारी दिएकी छिन् ।
दोश्रो अन्तराष्ट्रिय साँस्कृतिक संगम भब्य र सभ्य बनाउन आवश्यक तयारी सुरु भएको जानकारी दिएकी सिंहले यसको लोगो पनि सार्वजनिक गरिएको बताइन् । नेपाल भारत मैत्री संगठनका अन्तराष्ट्रिय अध्यक्ष अनुपकुमार सिंहद्वारा भारतको नयाँ दिल्लमा एक कार्यक्रमको आयोजना गरि लोगो सार्वजनिक गरिएको सिंहको भनाई छ ।
लोगोमा दुबै देशको झण्डासहित “देश भेष भाषा अनेक फिर भी संस्कृति एक” भन्ने स्लोगन राखिएको छ । लोगोमा भगवान श्री कृष्णको नगरी बृन्दावन प्रतिबिम्बित हुने मयुरको प्वाख र बाँसुरीलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ ।
संगमले नेपाल भारत बीचको सम्बन्धलाई थप प्रगाढ बनाउन मद्दत पु¥याउने विश्वास गरिएको आयोजक संगठनकी सदस्य समेत रहेकी महिला अधिकारकर्मी राजविराज ७ निवासी सुनिता साहले बताइन् । तीन दिने उक्त संगममा नेपाल भारत मैत्री कन्वेलभ मार्फत दुबै देशका जनताका सरोकारसँग सम्बन्धित चार वटा कार्यत्रपत्र माथी छलफल गरिने उनले जानकारी दिइन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ